दोधारा । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले अबैध बोईलर कुखुरा नष्ट गरेको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका असई शंकर दत्त जोशीको नेतृत्वमा आज बिहान गएको टोलीले दोधारा चाँदनी नगरपालिकाका– ७ कञ्चनभोज (नेपाल–भारत सिमा क्षेत्र बस्ती नजिक) बेवारिसे अवस्थामा २४ गोटा अबैध बोईलर कुखुरा बरामद गरेको हो । बरामद अबैध बोईलर कुखुरालाई स्थानियबासी, जनप्रतिनिधीको रोहवरमा नष्ट गरिएको छ् । नष्ट गरिएको अबैध बोईलर कुखुरा झण्डै ७० किलो रहेको बताईएको छ् ।

सिमावर्ती भारतिय बजारबाट मोटरसाईकलमा अवैध रुपमा कुखुरा लिएर आउने क्रममा प्रहरीलाई देखेपछि मोटरसाईकल छोडेर भागेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले जानकारी दिएका छन ।

दोधारा चाँदनी नगरपालिकामा यसरी दैनिक रुपमा अवैध बोइलर तस्करी गरी मोटरसाईकलमा कुखुरा ओसार पोसार भइरहेको भन्दै गोप्य सूचनाको आधारमा प्रहरीले कुखुरा बरामद गरेको हो ।

