कैलाली : सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना भएको सुदूरपश्चिम प्रादेशिक नीति संवाद तथा युवा महोत्सबमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको तर्फबाट पनि सहभागिता रहेको छ।“समुन्नत सुदूरपश्चिम प्रदेशका लागि साझा अठोट ” भन्ने मुल नाराका साथ सुदूरपश्चिम प्रादेशिक नीति संवाद तथा युवा महोत्सव २०८० मा सुदूरपश्चिम समाज धनगढीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको तर्फबाट सहभागिता जनाएको थियो।

जेठ १४ र १५ गते सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय युवा परिषदको सहकार्य, प्रदेश युवा परिषद्, सुदूरपश्चिम प्रदेशको समन्वयमा र युवालयको आयोजना तथा विभिन्न संघ संस्थाहरुको साझेदारीमा समुन्नत सुदूरपश्चिम प्रदेशका लागि साझा अठोट भन्ने मुल नाराका साथ सुदूरपश्चिम प्रादेशिक नीति संवाद तथा युवा महोत्सवमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरुलाई प्रतिनिधित्व गर्दै १ सय २० जना भन्दा बढी विभिन्न क्षेत्रका युवाहरुको सक्रिय सहभागिता रहेको र उक्त महोत्सवमा अन्तरक्रिया तथा छलफलबाट आएका सुझावहरुको निष्कर्ष स्वरुप संगै २१ बुँदे घोषणा पत्र जारी गरिएको छ ।उक्त घोषणापत्र मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय लाई पनि सहभागिता रहने गरि जारी गरेको छ। जसमा यस प्रदेशमा सिमान्तकृत समुदायमा रहेका दलित समुदाय, अपागंतामा रहेका युवाहरु, मुस्लिम, मुक्त कमैया, मुक्त कम्लहरी तथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्ने युवा लगायतका समूहहरुलाई लक्षित गर्दै उच्च शिक्षा तथा प्राविधिक शिक्षाको निशुल्क व्यवस्था गरि रोजगारीको सुनिश्चितता गर्ने प्रयत्न गरिनेछ ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पहिचान गर्न चेतनामूलक कार्यक्रम गरि सामाजिकिकरणका लागि आवश्यक व्यवस्था तथा नीति निर्माण गर्न पहल गरिने छ । सबै प्रकारका अपांगतमा रहेका युवाहरु, यौनिक तथा लैंगिक अल्पखंख्यक युवाहरु तथा पछाडि पारिएका युवाहरुको संरक्षण तथा विकासका निमित्त आवश्यक व्यवस्था गरिनेछ । साथै उनिहरुको राजनैतिक सहभागिताको सुनिश्चितता लागि पनि उचित पहल गरिने छ ।समावेशी र सहभागिताका आधारमा सबै प्रकारका जातजाति र धर्म र वर्ग ,लिंगका आधारमा समावेशिकरण रहने गरि घोषणापत्र जारि गरिएको हो।

अन्तरक्रिया तथा छलफलबाट आएका सुझावहरुको निष्कर्ष स्वरुप २१ बुँदे घोषणा पत्र जारी गरिएको छ । सुदूरपश्चिम प्रादेशिक नीति संवाद तथा युवा महोत्सवबाट जारी भएका घोषणा पत्रका विषयहरु :
१. प्रदेशका युवाहरुको संस्थागत रुपमा नै समग्र विकासका निमित्त उचित व्यवस्था गरिने छ । यसका लागि प्रदेश युवा परिषद् तथा स्थानिय तहमा पालिका स्तरिय युवा परिषद्को गठन लगायतका आवश्यक संरचनालाई थप सक्रियता गराई नीतिगत व्यवस्था सँगै अन्य पहल कदमी लिन आह्वान गरिनेछ ।
२. प्रदेश युवा नीति निर्माण गर्न पहल गरिनेछ ।
३. यस प्रदेशमा सिमान्तकृत समुदायमा रहेका दलित समुदाय, अपागंतामा रहेका युवाहरु, मुस्लिम, मुक्त कमैया, मुक्त कम्लहरी तथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्ने युवा लगायतका समूहहरुलाई लक्षित गर्दै उच्च शिक्षा तथा प्राविधिक शिक्षाको निशुल्क व्यवस्था गरि रोजगारीको सुनिश्चितता गर्ने प्रयत्न गरिनेछ ।
४. युवाहरुको स्वरोजगार अभिवृद्धिका निमित्त वैज्ञानिक भू उपयोग नीतिको व्यवस्था, आधुनिक कृषि उपज उत्पादन गर्ने व्यवस्था, उचित बजारिकरण लगायतका उपायहरुकालागी स्थानिय तहसंगको समन्वयमा प्रदेश मन्त्रालयको पहलमा तालिम तथा वित्तिय साक्षरता कक्षाको सुनिश्चितता तथा सहुलियत रुपमा उचित पूँजी तथा विमा प्राप्त गर्न सकिने संयन्त्रको व्यवस्था गर्न पहल गरिनेछ । सो क्रममा यस क्षेत्रमा सिमान्तकृत समुदायका युवाहरुलाई प्राथमिकता दिइनेछ । साथै यसको समुचित प्रयोगको सुनिश्चितता गर्न र प्रभावकारी कार्यान्वयनको प्रभावकारिताका लागि स्थानिय बासिन्दाको र विशेषगरी युवा सहभागिता सुनिश्चितता गरि आवश्यक अनुगमन गरिनेछ ।
५. बढ्दो आधुनिकिकरणसँगै डिजिटल माध्यममा युवाहरको पहुँच बढिरहेको हामी सबैलाई सर्वविधित नै छ । यसका साथै उनीहरु विभिन्न गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणस्पद अभिव्यक्तिको सिकार पनि भइरहेको छ । यसलाई मध्य नजर गर्दै गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्तिबाट जोगाउनका निमित्त विभिन्न सचेतीकरणका कार्यक्रमहरु सञ्चालन गर्न सरोकारवालहरुसँग पहल गरिनेछ । साथै, प्रदेश तथा स्थानीय तहमा युवा तथा अपांगमैत्री सुचना केन्द्रहरुको स्थापना र सोको प्रभावकारी कार्यान्वनका लागि पहल गरिनेछ ।
६. बढ्दो आधुनिकिकरणसँगै युवाहरु कुलतको जोखिम परिरहेका छन् । यसलाई मध्यनजर गर्दै युवाहरुलाई कुलतबाट जोगाउनका निमित्त विभिन्न नितीगत व्यवस्था गर्दै आवश्यक सचेतीकरणका कार्यक्रमहरु आयोजना गर्न पहल गरिनेछ । साथै यो विषय विद्यमान युवाहरुको प्रमुख समस्याका रुपमा अगाडि आईरहेको कारणले स्थानिय तथा प्रादेशिक सरकारले आवश्यक बजेट विनियोजन गर्दै समुदायमा स्थानिय सरकारकै अग्रसरतामा विशेष जानकारी मुलक सन्देशहरु राखिनेछ ।
७. स्थानीय तथा प्रादेशिक तहको योजना तर्जुमा गर्दा अनिवार्य रुपमा युवाको सहभागिता तथा युवाहरुको जनसांख्यिकिय लाभ बहुआयामिक रुपमा प्राप्तिका निमित्त आवश्यक पहल गर्न अनुरोध गरिनेछ । साथै यस प्रक्रियामा समावेशि सहभागिताको सुनिश्चितता गरिनेछ ।
८. विकास निर्माणमा युवाहरुको भूमिका अहम् छ । यसर्थ युवाहरुको अर्थपूर्ण सहभागिताका निमित्त स्थानिय तहसँगको समन्वयमा प्रदेश भित्रका युवा तथा युवा समूहहरुको आवश्यक तथ्यांक संकलन, क्षमता विकास र संस्थागत विकासमा सहयोग र आवद्धताको व्यवस्था गरिनेछ ।
९. यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पहिचान गर्न चेतनामूलक कार्यक्रम गरि सामाजिकिकरणका लागि आवश्यक व्यवस्था तथा नीति निर्माण गर्न पहल गरिने छ ।
१०.युवाहरुको मनोभावनाको मध्यनजर गर्दै पढाइमा सहज बनाउनको लागि कोष स्थापना गर्ने र पढ्दै
कमाउदै कार्यक्रम सञ्चालन गर्न स्थानिय तथा प्रादेशिक सरकारलाई अनुरोध गरिने छ ।
११ सबै प्रकारका अपांगतमा रहेका युवाहरु, यौनिक तथा लैंगिक अल्पखंख्यक युवाहरु तथा पछाडि पारिएका युवाहरुको संरक्षण तथा विकासका निमित्त आवश्यक व्यवस्था गरिनेछ । साथै उनिहरुको राजनैतिक सहभागिताको सुनिश्चितता लागि पनि उचित पहल गरिने छ ।
१२. समाजमा विद्यमान रहेका छाउपडि प्रथा, वालविवाह वा छिटो उमेरमा हुने र जबरजस्ती हुने विवाह लगायत अन्य हानिकारक सामाजिक मूल्य मान्यताहरु न्यूनिकरणका निमित्त भएका कानुनहरुको उचित तथा प्रभावकारी कार्यान्वयनका लागि प्रभावकारी पहल गरिनेछ । साथै यसको समुचित प्रभावकारी प्रचार प्रसारका निमित्त आवश्यक पहलकदमी लिईनेछ ।
१३. युवाहरुका निमित्त औपचारिक शिक्षाका साथै जीवनोपयोगी शिक्षा तथा जीवन पर्यन्त सिकाइ तथा सीपमुलक सीपको व्यवस्था गरिनेछ । यस क्रममा आवश्यक शैक्षिक सामग्रीहरु अपांगतामा रहेका युवाहरुले प्राप्त गरेको सुनिश्चितता गरिनेछ ।
१४. विभिन्न अभियानमा संलग्न भएका युवाहरुको अभियानलाई उच्च कदर गर्दै उनीहरुलाई यस
मन्त्रालयको कार्यक्रमहरुमा पनि उचित स्थान प्रदान गरिनेछ ।
१५. विभिन्न हिंसा तथा मानव बेचविखनबाट प्रभावित युवाहरुको संरक्षणका निमित्त मनोसामाजिक परामर्श, पुनरस्थापना, कानुनी संरक्षणको व्यवस्था लगायत अन्य आवश्यक उचित व्यवस्था गरिनेछ ।
१६. सुदूरपश्चिम प्रदेश विपद् जोखिमको सवालमा निकै नै शंवेदनशील रहेको कुरा हामी सबैलाई जानकार नै छ । यसै सवालमा युवाहरुको सहभागिता सहयोगी मात्र नभई उनिहरुकै नेतृत्वमा विपद् न्यूनिकरण एवम् जलवायु परिवर्तन अनुकुलन लगायतका गतिविधिहरु सञ्चालन गर्न आवश्यक व्यवस्था गरिनेछ ।
१७. सुदूरपश्चिम प्रदेश पर्यटनको क्षेत्रमा उच्च रुपमा सम्भावना भएको क्षेत्र हो । यस कार्यमा लागेका युवाहरुको वृद्धि विकासका लागि आवश्यक सामग्री लगायत क्षमता विकासका लागि आवश्यक व्यवस्था गरिनेछ ।
१८. प्रदेशमा रहेका युवाहरुको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद लगायत व्ययामशाला वा स्थानहरु तथा साहसिक खेलहरुको आवश्यक मात्रामा व्यवस्था तथा खेलाडीलाई प्रोत्सान गर्न।
सम्मान गरिने छ । यसक्रममा अपांगतामा रहेका युवाहरु तथा अपांग मैत्री खेल संरचनाको व्यवस्था भएको सुनिश्चितता गरिनेछ ।
१९. यस प्रदेश अन्तर्गत प्रदान गरिने स्वास्थ्य सेवाहरु समावेशी युवा मैत्री बनाउनका निमित्त सम्बन्धित निकायहरुसँगको समन्वयमा आवश्यक पहल गरिने छ । साथै युवाहरुको नेतृत्वमा सञ्चालन गरिने विभिन्न अनुसन्धान कार्यहरुको सहयोगका निमित्त आवश्यक व्यवस्था गरिने छ । र सञ्चालित कार्यक्रमहरुको आवधिक रुपमा समिक्षा पनि सञ्चालन गरिने छ ।
२०. सुदूरपश्चिम प्रदेशलाई देशकै युवामैत्री प्रदेश निर्माणका लागि सरकारी पहल सँगै तमाम युवाहरु र सरोकार राख्ने सम्पूर्ण साझेदार निकायसँग समन्वय, सहकार्य र सहयोग गरी यस अभियानलाई साझा अभियान बनाउँदै अगाडि बढिनेछ ।
२१. नवविवाहित युवाहरुलाई सुखी जिवनयापन, प्रारम्भिक बालविकास तथा सकारात्मक अभिभावकत्व सम्बन्धि उचित जानकारी तथा ज्ञान दिन स्थानिय सरकारसँगको समन्वयमा आवश्यक पहलकदमी लिइनेछ ।
