कैलालीका दुई पालिका संग यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको भेटघाट

आगामी आर्थिक वर्षमा यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायलाई लक्षित गरी कार्यक्रम तथा बजेट विनियोजन गर्न दुबै पालिका सकारात्मक


कैलाली : यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायलाई लक्षित गरी कार्यक्रम विनियोजनको लागि टिकापुर नगरपालिकाका नगर प्रमुख र जोशीपुर गाउँपालिका अध्यक्ष संग भेटघाट गरेका छन् ।

सुदूरपश्चिम समाज धनगढीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम तय गरि बजेट विनियोजनका लागि टिकापुर नगरपालिका नगर प्रमुख रामलाल डंगौरा थारु र जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी संग एक कार्यक्रमका साथ भेटघाट गरेका हुन।

टिकापुर नगरपालिका

नगरपालिका प्रमुखले आगामी आर्थिक वर्षका लागि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि कार्यक्रम तथा बजेट विनियोजन गर्ने नगरपालिका मेयर डंगौरा थारुले प्रतिबद्धता समेत गर्नु भयो।

जोशीपुर गाउँपालिका , कैलाली
जोशीपुर गाउँपालिका , कैलाली

समयमा स्मरण गराई दिनु भएकोमा धन्यवाद दिदै जोशीपुर गाउँपालिका अध्यक्ष चौधरीले आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय लाई लक्षित गरि कार्यक्रम तथा बजेट विनियोजन गर्नका लागि कार्यपालिका बैठक बाट अगाडि बढ्ने छौँ।

टिकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाको सकारात्मक प्रतिक्रियाले यो समुदायलाई थप हौसाला प्राप्त भएको छ सुदूरपश्चिम समाज धनगढीका कार्यक्रम संयोजक राजु लामाले बताउनु भयो । उनले भन्नू भयो ‘ भेटघाट पछ्यात सम्पुर्ण सहभागी र समुदायका तर्फबाट टिकापुर नगरपालिका र जोशीपुर गाउँपालिका परिवारलाई धन्यवाद समेत दिएका छन् ।


ताजा समाचार

spot_img