दोधारा चाँदनीमा मृगौला पिडित सागरको जिवन रक्षाको लागी ‘सागर बचाउ अभियान’


दोधारा । दोधारा चाँदनी नगरपालिकामा मृगौला पिडित सागर बचाउ अभियान सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ८ वडा सदस्य सागर सुनारको उपचार्थ स्थानियहरुले सागर बचाउ अभियान सुरु गरेका हुन् । हिजो नेपाली काग्रेंस दोधारा चाँदनीको एक बैठकले गगन बहादुर सिंहको संयोजकत्वमा ५ सदस्यीय सागर सुनारको जीवन रक्षाको लागी आर्थिक संकलन समिति गठन गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंहले जानकारी दिनएका छन् । सदस्यमा टिका उपाध्याय, कमला उपाध्याय, कृष्ण दत्त भट्ट, चन्द्रकला थापा रहेका छन् । बिगत केही महिना देखि वडा सदस्य सागर सुनार दुबै मृगौलामा समस्या देखा परेको छ् । उनको उपचार काठमाण्डौंको एक अस्पतालमा भईरहेको परिवारजनले जनाएको छ् ।

भारतको अस्पतालमा उपचार अत्यन्त महंगो भएको कारण उपचार गर्न सम्भव नहुने देखेपछि काठमाण्डौं गएको सागर सुनारले बताएका छन् । दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य तथा सागर बचाउ अभियानका अभियन्ता गगन बहादुर सिंहले सागरको उपचार खर्चाको लागी आजैबाट रकम संकलन कार्य सुरु गरिएको बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका– ८ का वडा सदस्य तथा मृगौला पिडित सागर सुनार सरल र सज्जन ब्यक्ती हुन् । सागरको उपचारको सहयोग गर्ने ईच्छुकले मोवाई नं. ९८०१९५४३४७ तथा ९८१०६८२९३६ मा सम्पर्क राख्न अनुरोध गरिएको छ् ।

 


ताजा समाचार

spot_img