दोधारा । दोधारा चाँदनी नगरपालिकाको अठार नम्वर पिल्लर बस्ती जोगाउन निमार्ण क्रममा रहेको पक्की तटबन्धको निमार्ण कार्य जगबुडा नदीमा पानीको वहावको कारण रोकिएको. छ् । दोधारा चाँदनी नगरपालिका– १० अठार नम्वर पिल्लर बस्तीमा निमार्ण क्रममा रहेको १ सय २० मिटर पक्की तटबन्ध जगबुडा नदीमा पानीको बहाव तिब्र भए संगै निमार्ण कार्य रोकिएको अठार नम्वर पिल्लर बस्ती तटबन्ध निमार्ण कार्य उपभोक्त समितिका अध्यक्ष शुरेश गिरीले जानकारी दिएका छन् । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण कार्यक्रम अनुसार अठार नम्वर पिल्लर बस्ती जोगाउन पक्की तटबन्ध निमार्ण कार्य अघि बढाईएको हो ।
झण्डै रु. ३६ लाखमा निमार्ण कार्य हुन लागेको उपभोक्त समितिका अध्यक्ष शुरेश गिरीले बताएका छन् । जगबुडा नदीको पानी भारतको नाङला स्केपबाट आउने गर्दछ् । अठार नम्वर पिल्लर बस्ती तटबन्ध निमार्ण कार्य उपभोक्त समितिका अध्यक्ष शुरेश गिरीले जगबुडा नदीमा पानीको बहाव कम हुने बित्तिकै तटबन्ध निमार्ण कार्य अघि बढाईन बताएका छन् । अठार नम्वर पिल्लर बस्तीमा ९ घरधुरी रहेका छन् ।
उक्त बस्तीमा झण्डै २ सय बिघाह जग्गा रहेको छ् । सिमा स्तम्भ संग जोडिएको जगबुडा नदीको पारीको बस्तीमा नेपाल सरकारको नागरिकता र एक झोलुङ्गे पुल बाहेक केही छैन् । उनिहरुको सबै थोकमा भारतिय बजार संग सम्बन्ध छ् । बस्ती जोगाउन तटबन्ध निमार्ण हुन लागे संगै स्थानियहरुमा खुशी छाएको हो ।