दोधारा । गएको दिनहरुमा महाकाली नदी र जगबुडा नदीमा आएको बिनासकारी बाढीले कुतियाकवर लगाएत बस्तीलाई धनमालको तहसनहस बनायो । तरकारी उत्पादन हुने खेती योग्य जग्गा मरुभुमी बनेको छ् । उत्पादन हुने जग्गा फेरी मरुभुमी बनाउने हो कि भन्ने स्थानिय किसानहरुमा चिन्तामा छन् । गएको दिनहरुमा बाढीको कारण महाकाली नदीको धार कुतियाकवर बस्तीमा तेस्रीएपछि दोधारा चाँदनी नगरपालिका– १० कुतियावकर बस्तीका स्थानियहरुलाई बिजोग बनाएको थियो । अझै पनि कुतियावकर बस्ती सुरक्षित छैन् । कति बेला महाकाली र जगबुडा नदीको पानी बस्तीमा पसेर ठुलो उत्पात मच्चाउने हो भन्ने उनिहरुमा चिन्ता बढ्दो छ् । बस्तीको पश्चिम दिशा तर्फ बग्ने जगबुडा नदी र पुर्व/उत्तर दिशा तर्फबाट बग्ने महाकाली नदीको दोभानको बस्ती हो कुतियकवार बस्ती । पुर्व/उत्तर दिशा तर्फबाट बग्ने महाकाली नदी बिगतमा आएको बाढीले नयाँ बाटो तय गरेको छ् । गएको दिनका बाढीको बेला महाकाली नदीले कुतियाकवर बस्ती तिर सोझिएर बगेपछि बस्तीमा ठुलो धनमालको क्षती बनाएको हो ।
महाकाली नदीले धार परिवर्तन गरे संगै अबका दिनहरुमा महाकाली नदीमा थोरै भएपनि बाढी आएपनि कुतियकवर बस्तीमा ठुलो क्षती हुने पक्का पक्की छ् । गएको बाढीको बेला प्रधान मन्त्री लगाएत नेता तथा बिभिन्न संघ संस्थाहरुले कुतियाकवर बस्ती लगाएत बाढी ग्रस्त क्षेत्रको अनुगमन गरिसकेका छन् । तर दोधारा चाादनीको बाढी ग्रस्त बस्तीलाई बाढीको पिडाबाट कसरी जोगाउने भन्ने बिषयमा सानो भएपनि काम भएको देखिदैन् । बाढी ग्रस्त क्षेत्रमा बाढी आएको बेला उद्धार र त्यसपछि दिईने राहत बितरण गर्ने काम मात्रै हुदै आएको स्थानिय बाढीपिडितहरु बताउदै आएका छन् । कुतियावकर बस्तीको पुर्व दिशा तर्फ १ सय ८२ मिटर पक्की तटबन्ध निमार्ण भईरहेको छ् । जुन तटबन्ध बैतिफाँटा, सुर्खेती टोल, शानत्ी टोल लगाएत बस्तीको लागी लाभप्रद भएपनि कुतियावकर बस्तीको लागी निकै घातक हुने स्थानियहरुले आंकलन गर्न थालेका छन् । महाकाली नदीलाई अझै साँङग्रो बनाउदा त्यसबाट बग्ने पानीको गतीले कुतियकवर आसपासका क्षेत्रमा बिकराल असर पर्ने स्थानियहरुको ठम्माई रहेको छ् ।
देशमा राजतन्त्रको अन्त्य हुदै, लोकतन्त्र गणतन्त्र पछि स्थानिय तथा प्रदेश र प्रतिनिधी निर्वाचन पनि कुतियकवर तथा आसपासको बस्तीमा भने अझै खुसियाली आएको छैन् । नेपाल–भारत सिमा संग जोडिएका बस्ती कुतियावकर बस्तीमा मनसुन सुरु भए संग बस्तीको स्थानियहरुको निदहराम भएको छ् । महाकाली नदी र जगबुडा नदीको पानी कती बेला बस्तीमा पस्ने हो भन्ने त्रास उनीहरुमा छ् । बर्षेनी नदीको सतह र आकार बढ्दै जाने र धार परिवर्तन गरी बस्ती तिर सोझिन थालेपछि आगामी दिनहरुमा कुतियाकवर बस्ती बिस्तापित हुन सक्ने जानकारहरु बताउछन् । बर्षेनी आउने बाढीले जमिन कटान गर्दा धेरै जसो खेतीयोग्य जमिन बगरमा परिणत हुदा समेत सरकार नदी नियन्त्रणका बिषयमा प्राय : मौन देखिन्छ् । लहलहाउदो बाली बिनाश संगै मानव बस्ती विस्थापनको सिकार भईरहेका छन् । बाढीबाट बिस्थापित हुदाको परिवारको बिचल्लीको अर्कै कहाली लाग्दो पिडा छ् ।
उनिहरुलाई बैकल्पिक बसोबासको व्यवस्था सरकारले मिलाउन नसक्दा बर्ष भरी खाद्यान्न संगै बासको पिडा खेप्दै आएका छन् । यी समस्याहरुबाट समयमै स्थानिय सरकार नदी किनारामा बसोबास गर्ने नागरिकहरुलाई बचाउन र खेति योग्य उर्भर भूमि कटान हुनबाट रोक्न बर्षा नलागिकनै महाकाली नदी र जगबुडा नदीमा स्थायी तटबन्ध र तारजाली लगाउन आवश्यक हुन्थ्यो ।