दोधारा चाँदनी नगरपालिकामा लैंगिक हिंसा न्युनिकरण गर्न जनचेतनामुलक कार्यक्रम


दोधारा । दोधारा चाँदनी नगरपालिकामा लैंगिक हिंसा न्युनिकरण गर्न जनचेतनामुलक कार्यक्रम संचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ वडा कार्यालयको सहयोग र शुदुरपश्चिमाञ्चल जागरण उत्थान संस्थाको आयोजनामा लैंगिक हिंसा न्युनिकरण गर्न जनचेतनामुलक कार्यक्रम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य कमला उपाध्यायले जानकारी दिनुभएको छ् । चालु आर्थिक वर्षको कार्यक्रम अनुसार वडामा रहेका महिलाहरुलाई एक दिने लैंगिक हिंसा न्युनिकरण गर्न जनचेतनामुलक कार्यक्रम संचालन गरिएको वडा सदस्य कमला उपाध्यायले बताउनुभएको छ् । कार्यक्रममा विगतमा घटिएका विभिन्न हिंसाका घटनाहरुको विषयमा छलफल गरिएको थियो ।

लैंगिक हिंसाका घटनाहरु बढ्दै गएकाले जनचेतनामुलक कार्यक्रम संगै व्यवहार परिवर्तन हुनसके मात्रै हिंसा न्यूनीकरण गर्न सकिने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । कार्यक्रमका बक्ताहरुले हरेक घरबाट लैंगिक समानताको सुरुवात गर्नुपर्ने सुझाएका छन् । राज्य संरचनामा महिला जनप्रतिनिधीहरुको संख्या बढ्दै गएपनि निर्णायक तहमा महिला सहभागिता हुन नसक्दा लैंंगिक विभेद र हिंसाका घटनाहरु बढदै गएको कार्यक्रममा सहभागीहरुले औल्याएका छन् । कार्यक्रमका सहभागीहरुले जनचेतनामुलक अभियान संगै व्यवहार परिवर्तनका लागि ठोस योजना लिएर काम गर्नु पर्ने आवश्यक रहेको सहभागीहरुले बताएका छन् ।

शुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका कोषाध्यक्ष धनसरा चन्दले लैंगिक हिंसाका घटनाहरु बढदै गएको अवस्थामा न्यूनीकरणका लागि सबै सरोकारवालाहरुले एकतावद्ध किसिमले ठोस योजना ल्याएर प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका असई शंकर दत्त जोशी र दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखाका अनिता भण्डारी कुँवरले प्रशिक्षण गर्नुभएको थियो ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य कमला उपाध्याय, आईत बहादुर क्षेत्री, देबीसरा सुनार, शुदुरपश्चिमाञ्चल जागरण उत्थान संस्था दोधारा चाँदनीका कोषाध्यक्ष धनसरा चन्द, माईती नेपाल कञ्चनपुरका लक्ष्मी थापा गुरुङ्ग, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका असई शंकर दत्त जोशी लगाएत शुदुरपश्चिमाञ्चल जागरण उत्थान संस्थाका पदाधिकारी तथा स्थानिय महिलाहरुको सहभागिता रहेको थियो ।

 


ताजा समाचार

spot_img