
दोधारा । दोधारा चाँदनी नगरपालिकाले आगामी वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरेको छ् । नगरपालिकाको आज १० औं नगर सभाट नीति तथा कार्यक्रम पारित गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि छलफल भएपछि पारित भएको छ् । नगर सभाबाट पारित नीति तथा कार्यक्रमका आधारमा आगामी असार १० गते बजेट विनियोजन गरिने छ् ।


यस अघि स्थानीय तहले असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने प्रावधान थियो । यस वर्ष देखि असार १० गते बजेट ल्याउन अघिनै बैशाखमा नीति तथा कार्यक्रम पारित गर्न पर्ने कानुनी प्रावधान ल्याइएको छ् । नयाँ प्रावधान अनुसार दोधारा चाँदनी नगरपालिकाले बैशाख १९ गते नगर सभा गरी नीति तथा कार्यक्रम पारित गरेको हो । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले नगर सभाबाट पारित नीति तथा कार्यक्रमका आधारमा आगामी वर्षको बजेट ल्याइने बताए ।

‘गत वर्ष सम्म असार १० गते नीति, कार्यक्रम र बजेट ल्याउनु पर्ने थियो, यस पटक त्यसलाई संशोधन गरी वैशाखमै नीति तथा कार्यक्रमका लागि समयावधि दिइएको छ’ उनले भने, ‘त्यस अनुसार नगर सभा गरी नीति तथा कार्यक्रम पारित गरियो, यसबाट असार १० गते भित्रै आउने बजेट बनाउछौ ।’ नगर सभाबाट पारित नीति तथा कार्यक्रमका आधारमा सबै वडामा मार्ग दर्शन र बजेट सिलिङ्ग पठाएपछि वस्ती स्तरमा भेला छलफल गरी योजना छनौट गरिने बताईएको छ् । पहिला नीति, कार्यक्रम र बजेट संगै आउने गरेको तर, यस पटक नीति तथा कार्यक्रमका आधारमा बजेट आउने, अब मात्रै त्यसको प्रक्रिया पनि सुरु हुने गरेको बताईएको छ् ।

दोधारा चाँदनी नगरपालिकाले आगामी वर्षका लागि गत वर्ष समावेश हुन नसकेका विभिन्न विषय सहितलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ् । नगर सभाका सबै सदस्य संग बृहत छलफल गरी नीति तथा कार्यक्रम ल्याइएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् । ‘गत, बिगत वर्षहरुमा यसरी छलफल हुन सकेको थिएन, यस पटक बृहत रुपमा छलफल गरी नीति कार्यक्रम ल्याएका छौ, यसमा धेरै नयाँ कुरा समावेश गरिएको छ, पुरानोलाई निरन्तरता दिईएको छ’ मेयर लिम्बुले भने,‘यसबाट आगामी बजेटलाई मूर्त रुपमा दिन निकै सजिलो हुन्छ ।’
सबैलाई समेट्ने प्रकारले हिजो सर्वपक्षिय बैठकमा समेत निती तथा कार्यक्रमको बारेमा सुझाव संकलन गरिएको थियो । सभामा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले आर्थिक वर्ष २०८०/०८१ निती तथा कार्यक्रममा मुलभुत निती, क्षेत्रगत निती तथा कार्यक्रमहरु, कृषी, वन, बातावरण तथा सरसफाई, सामाजिक क्षेत्र बिकास, लक्षित बर्ग बिकास कार्यक्रम, संगठन तथा प्रशासन, शहरी सुशासन, राजश्व सुद्दढीकरण, युवा, खेलकुद र पर्यटन लगाएत बिषय प्रस्तुत गरेका थिए ।






