
दोधारा । सामुदायिक प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र ट्राफिक नियम सम्बन्धी बिद्यार्थीहरुलाई सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ४ स्थित रहेको शारदा सरस्वती माबिका अध्यनरत कक्षा ११ का बिद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र ट्राफिक नियम सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले जानकारी दिएका छन् ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रसनि शंकर दत्त जोशीको कमाण्डमा गएको ट्राफिक प्रहरी सहितको टोलीले बिद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण र ट्राफिक नियम सम्बन्धी अनुशिक्षण गरेको बताईएको छ् ।

ईलाका प्रहरीले दोधारा चाँदनी नगरपालिकाको गाँउ, बस्तीमा समय अनुकुल बिद्यार्थी, स्थानियहरुलाई लागुऔषध, साईवर क्राईम, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र ट्राफिक नियम सम्बन्धी सचेतनामुलक बिभिन्न कार्यक्रम संचालन गर्दै आएको छ् ।







