दोधारा चाँदनीमा बिपद् जोखिम न्युनिकरण सम्बन्धी योजना निमार्ण अभिमुखिकरण


दोधारा । दोधारा चाँदनी नगरपालिकामा बिपद् जोखिम न्युनिकरण सम्बन्धी योजना निमार्ण अभिमुखिकरण सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ मा निड्स नेपाल कञ्चनपुरको आयोजनामा एक दिने बिपद् जोखिम न्युनिकरण सम्बन्धी योजना निमार्ण अभिमुखिकरण सम्पन्न भएको निड्स नेपाल कञ्चनपुरले जनाएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ६, ७, ८, ९ र १० वडामा रहेका बिपद् ब्यवस्थापन समितिका प्रतिनिधी सम्मलित अभिमुखिकरणमा बिप्द आउनु पुर्व, आएपछिको एक वर्षिय रणनिति कसरी तयार गर्ने भन्ने बिषयमा अभिमुखिकरण संचालन गरिएको निड्स नेपाल कञ्चनपुरका भावना जोशी बोड्टीले जानकारी दिएका छन् ।

दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ६, ७, ८, ९ र १० वडामा रहेका बिपद् ब्यवस्थापन समितिका २७ जना प्रतिनिधीको सहभगिता रहेको थियो । निड्स नेपाल कञ्चनपुरको बिपद् पुर्व तयारी द्रुत प्रतिकार्य तथा पुनरलाभका लागी समुदायको सबलिकरण परियोजना अन्तर्गत दोधारा चाँदनी नगरपालिका क्षेत्रका लागी बिपद् जोखिम न्युनिकरण सम्बन्धी योजना निमार्ण अभिमुखिकरण संचालन गरिएको बताईएको छ् ।

कार्यक्रममा बिपद् ब्यवस्थापन समितिका प्रतिनिधी, नेपाल रेडक्रस सोसाईटीका जनक अवस्थी, निड्स नेपाल कञ्चनपुरको बिपद् पुर्व तयारी द्रुत प्रतिकार्य तथा पुनरलाभका लागी समुदायको सबलिकरण परियोजनाका फिल्ड अधिकृत गिता परियार, निड्स नेपालका भावना जोशी बोग्टी रहेका थिए ।


ताजा समाचार

spot_img