संघ र प्रदेश सरकारसंग कञ्चनपुरको विकासका लागि बजेट माग्दै बोक्सर

कञ्चनपुर: नेकपा माओवादी केन्द्रका नेता कृष्णदत्त जोशी(बोक्सर) यतिबेला प्रदेश र संघ सरकारमा धाईरहेका छन । माओवादी केन्द्र कञ्चनपुरका प्रभावशाली नेता एव बुद्धिजिवी बोक्सर अहिले संघ र प्रदेश सरकारसंग कञ्चनपुरको विकासका लागि बजेट माग्दै हिडेका छन । महाकाली अस्पतालका निर्वतमान अध्यक्ष समेत रहेका बोक्सरले वडाको विकासका लागि पालिका सरकार, पालिका क्षेत्रको विकासका लागि प्रदेश सरकार र जिल्लाकै दीगो विकासका लागि संघीय सरकारसंग माग अघि सारेका छन ।

स्थानीय, प्रदेश र संघीय सरकार विभिन्न प्रतिनिधी, सरकार प्रमुख सहितलाई भेटेर ग्रामिण दुर दराजको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी सहितको बृद्धि विकासको लागि आवश्यक बजेट योजनाका लागि तारन्तार घचघच्याईरहेका छन । माओवादी केन्द्रका तर्फबाट गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा भीमदत्त नगर उपप्रमुखमा पराजित भएपछि समाजिक सेवाका साथै विकास निर्माणका काममा जुटेका छन । अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रंचण्ड) सहितका संघीय सरकारका मन्त्रीलाई भेटेर कञ्चनपुरको दिगो विकासका योजना केन्द्रीत जुटेका छन ।

ताजा समाचार

spot_img