कञ्चनपुर : नेल्टा कञ्चनपुरको नयाँ कमिटी गठन भएको छ । शुक्रबार भएको आठौं जिल्ला सम्मेलनमा एक कार्यक्रम बिच नेपाल इङ्गिलिस ल्याङ्गवेज एसोसिएसन कञ्चनपुरले ९ सदस्यि कमिटी गठन गरेको छ । जसमा अध्यक्ष राजेन्द्र प्रसाद जोशी, उपाध्यक्ष राजेन्द्र भट्ट, सचिव पृथ्वीराज भट्ट, सह–सचिव नवराज पन्त, सदस्यता सचवि चाँदनी पन्त भट्ट, कोषाध्यक्ष बिर बहादुर चन्द सदस्य दिपकराज भट्ट, पृठय प्रसाद भट्ट र मकर एस. के. चयन हुनु भएको छ ।

नेल्टा कञ्चनपुरको अध्यक्ष गम्भीर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेल्टा सुदूरपश्चिम प्रदेशका अध्यक्ष रामजी हमाल रहनु भएको थियो । अतिथीहरुमा एन प्याब्सनका अध्यक्ष झंकर जोशी प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्द, डा. भोजराज पन्त, त्रिभुवन कुमार भट्ट, डा. राजकुमार साँउद, डा. शंकर दत्त भट्ट, सुरेन्द्र ओझा र उत्तम विष्ट, रहनु भएको थियो । पेपर प्रस्तुर्त जोर्ज निरिङ्ग र सुरेन्द्रराज ओझाले गर्नु भएको थियो ।







