
दोधारा । मानब बेचबिवखन बिरुद्ध कार्यरत संस्था माईती नेपालले बृहत शान्ति र्यालीको आयोजना गरेको छ । मानव बेचविखन तथा ओसार पसार नियन्त्रणका लागि जनचेतना अभिबृद्धि गर्न र्यालीका आयोजना गरिएको हो । संस्थाको ३१ औं बार्षिकोत्सवका अवशरमा माइति नेपाल कञ्चनपुरले जिल्ला सदरमुकाम महेन्ऽनगर देखि शुरु गरेको र्याली पश्चिमी सिमा नाका गड्डाचौकी पुगेर कोण सभामा परिणत भएको जनाईएको छ । सदियौं देखि नेपाली समाजमा जरो गाडेर रहेको मानव बेचविखन तथा ओसारपसार जस्तो जघन्य अपराध नियन्त्रणका लागि संघर्ष गर्ने संस्थाहरु मध्ये माईती नेपाल सबै भन्दा पुरानो गैर सरकारी संस्था हो । यस संस्थाले कञ्चनपुर जिल्लामा शाखा बिस्तार गरेयता मात्रै बेचविखनको जोखिममा रहेका तीन हजार तीन सय १८ जना महिला तथा बालबालिकाको गड्डाचौकी सिमानाका बाट उद्धार गरेको छ् । सिमा नाका गड्डाचौकीमा आयोजित कोण सभालाई सम्बोधन गर्दै माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन् – ‘माइती नेपाल कञ्चनपुरले मात्रै भारतका बिभिन्न कोठीहरुमा बेचीईसकेका दुई सय १८ जना महिला तथा बालबालिकाको उद्धार तथा पुनर्स्थापना गरिसकेको छ ।


२० जना बिरुद्ध मानब बेचविखन तथा ओसारपसारका मुद्धा दर्ता गरेको छ । यो अवधि भर दुई हजार सात सय ५० जना महिला तथा बालबालिका हराएर खोज तलासका लागि निवेदन प्राप्त भएकोमा ती मध्ये चार सय ४८ जना मात्रै फेला परेका छन । बाँकी कहां र कस्तो अवस्थामा छन, कुनै अत्तोपत्तो छैन् ।’ संयोजक भट्टका अनुसार मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका सवालमा पछिल्लो समय कानुनी तथा नीतिगत रुपमा केही सुधार भएतापनि समस्या अझै जटिल नै रहेको छ । मानव बेचविखन तथा ओसारपसारको स्वरुप र आयाममा मात्रै परिवर्तन आएको छ् । तर बेचविखनमा भनी कमी आउन सकेको छैन् । भट्टले भनिन् –‘बेचबिखनमा कमी आएको छैन, स्वरुप मात्रै परिवर्तन भएको हो । बरु दिनानुदिन समस्या अझै जटिल बन्दै गएको छ् । मानव बेचविखन तथा ओसारपसार बिश्वब्यापी अपराध भएको हुंदा नियन्त्रण कुनै पनि एकल पक्षबाट सम्भव छैन् ।’


समाज र सरकारका हरेक तह र तप्का बाट यस्तो जघन्य अपराध नियन्त्रणका लागि निरन्तर साथ र सहयोगको आवश्यकता रहेको कुरामा जोड दिंदै उनले जनचेतना अभिबृद्धि गर्न आयोजना गरिएको उक्त र्यालीमा सकृय सहभागिता जनाई सहयोग गर्ने सबै बिद्यालय, शिक्षक, बिद्यार्थी, अधिकारकर्मी, संघ संस्थाका प्रतिनिधि, प्रहरी, प्रशासन, सञ्चारकर्मी, उद्योग ब्यवसायी तथा आम नागरिकलाई धन्यबाद दिंदै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राखेको बताईन ।


माइती नेपालको शाखा कार्यालय महेन्द्रनगरबाट शुरु भई गड्डाचौकी सिमानाकामा समापन गरिएको र्यालीमा झण्डै २ सय ५० जनाको सहभागिता रहेको थियो ।






