कञ्चनपुर : जिल्ला कंचनपुर भिमदत्त नगरपालिका वडा न.१८ भगतपुर बाट लागू पदा्र्थ सहित युवक प्रकाउ परेका छन्। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर बाट सादा पोसाकमा खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण इकाई महेन्द्रनगर बाट सयुक्त रुपमा खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा रोहित चौधरीलाई ला.औ खैरोहेरोईन १.२८ ग्राम सहित पक्राउ गरी थप अनुसन्धानको लागि जि.प्र.का. कंचनपुरमा बुझाईएको छ ।
कंचनपुरका नगरपालिकाहरूमा दिन प्रतिदिन युवाहरू लागु औषधकाे सिकार भईरहदा स्थानिय सरकार मुखदर्शक भएर बसेकाे छ, उनिहरूलाई नशामुत्त गर्न र नशाकाे लतबाट टाढै राख्न कुनै चासो देखाएको छैन । देशमा तिन तहको सरकार भएता पनि सरकार लाचार देखिएको छ । लागू आैषध बाट युवाहरू दिन प्रतिदिन कुलतमा फस्दै गई रहेका छन। सरकर तीन तहक भए पनि युवाहरूलाई नशा मुत्त राख्न कुनै ठाेस कदम चाल्न समेकाे छैन । नत आफ्नो ज्यान नै खतरामा राखेर काम गर्ने कर्मचारीलाई नै राज्य तर्फबाट न कुनै सबिधा न कुनै प्रोत्साहन छ ।