दोधारा चाँदनीको बाढी तथा हात्ती प्रभावित क्षेत्रको बिद्यार्थीहरुलाई निशुल्क पोशाक


दोधारा । दोधारा चाादनी नगरपालिकाको नगर उप प्रमुख गंगा देबी जोशीले विद्यार्थीलाई पोशाक वितरण गरेका छन् । दोधारा चाँदनी नगरपालिकाको हात्ती प्रभावित क्षेत्र भनेर चिनिने वडा नं. ३ को गणेश आधारभुत बिद्यालय र बाढी प्रभावित वडा नं. १० को ओंमकार बिद्यालयका बिद्यार्थीहरुलाई निशुल्क पोशाक बितरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । दोधारा चाँदनी नगरपालिका उपमेयर कार्यक्रम अनुसार उक्त पोशाक बितरण गरिएको हो । ओंमकार आधारभुत बिद्यालयका २ सय जना बिद्यार्थी र गणेश आधारभुत बिद्यालयका १ सय ५० जना बिद्यार्थीहरुलाई पोशाक बितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले बताएका छन् ।

आर्थिक अवस्था दयनीय रहेका बिद्यार्थीहरुलाई पठनपाठनमा सघाउन होस् भन्ने उद्धेश्यले बिद्यालय पोशाक वितरण गरिएको उप प्रमुख जोशीले बताइन् । घर परिवारको आर्थिक अवस्था कमजोर रहेको र एक पटक सिलाएका पोशाक पुराना तथा फाटेको भएकाले बिद्यार्थीहरु बिद्यालय नियमित आउन छोड्ने गरेको कारण विद्यार्थीलाई पोशाक बितरण गरिएको हो ।

सामुदायिक बिद्यालय प्रति आकर्षण बढाउन गरिब तथा बिपन्न घरपरिवारका बालबालिकाहरुलाई पोशाक बितरण गरिएको बताईएको छ् । पोशाक पाएपछि अभिभावकहरु खुशी भएका छन् ।


ताजा समाचार

spot_img