कञ्चनपुर : सुदूरपश्चिमको शिक्षा र समाजिक विकास बारे समिक्षा गरिएको छ । प्रदेश सरकार समाजिक विकास मन्त्रालयले सुदूरपश्चिमको शिक्षा र समाजिक विकास बारे समिक्षा गरेको हो । कञ्चनपुरको महेन्द्रनगर शैक्षिक तालिम केन्द्रमा ‘शिक्षा विकास निर्देशनालय तथा सामाजिक विकास कार्यालयको चालु आर्थिक बर्ष २०७९/०८० को अर्ध बार्षिक समिक्षा कार्यक्तम गरिएको छ । दुई दिन अर्धबार्षिक समिक्षा कार्यक्रममा सुप प्रदेशका समाजिक विकास कार्यालयका प्रमुख एव प्रतिनिधीले आ–आफ्नो जिल्लामा गरेको कार्य सम्पादन बारे जानकारी गराउँदै विद्यमान समस्या, चुनौती र भावि योजना बारेमा गहन छलफल गरेका हुन ।

शिक्षा विकास निर्देशनालयका निर्देशक दुर्गादत्त विष्टले प्रदेश सरकारको समाजिक विकास मन्त्रालय,निर्देशनालय र जिल्ला स्थित समाजिक विकास कार्यालयले गरेको कामकाज बारे समिक्षा गर्दै भावि योजना बारे छलफल गरिएको बताए । ‘अहिले शिक्षा र समाजिक क्षेत्रमा गर्दै आएका कामकाज योजना बारे समिक्षा गरेका छौँ, ‘निर्देशक विष्टले भने, ‘आगामी आर्थिक बर्षमा थप प्रभावकारी योजना ल्याउने विषयमा छलफल गरेका छौँ ।’ आउँदो बर्षमा थप कार्यक्रम प्रभावकारी बनाएर लक्षित वर्गलाई स्तरिय सेवा सुविधा दिलाउने उदेश्य रहेको बताए । कार्यक्तममा शैक्षिक तालिम केन्द्रप्रम्ुख गोबिन्द पोखरेलले मन्त्रालय, निर्देशनालय, तालिक केन्द्र र समाजिक विकास कार्यालयविच शिक्षा विकासका लागि समन्वयमा जोडदिए ।

समिक्षा कार्यक्रमको समापनका प्रमुख अतिथि समेत रहेका समाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेश बहादुर सिहले जिल्लामा उपलब्ध स्रोत साधन प्रयोग गर्दै प्रभावकारी कामकाज अघि बढाउन आग्रह गरेका छन । कार्यक्तममा कञ्चनपुरमा शैक्षिक तालिम केन्द्र स्थापनाको विषयमा समेत छलफल गरिएको थियो । समिक्षा समापन कार्यक्रमका अध्यक्ष समेत रहेका शिक्षा विकास निर्देशनालयका प्रमुख दुर्गादत्त विष्टले दुईदिन भएको समिक्षा कार्यक्रममा विद्यमान समस्या, चुनौती र अवसरलाई भावि दिन चिर्दै आ–आफ्नो जिल्लामा गुणस्तरिय शिक्षा विकासमा जोडदिन आग्रह गरेका छन । कार्यक्रममा समाजिक विकास मन्त्रालयका अधिकारी, निर्देशनालय, तालिम केन्द्र र समाजिक विकास कार्यालयका अधिकारीको सहभागिता रहेको थियो ।







