कञ्चनपुर : जापानमा भएको मित्सुविसी एसियाली बाल चित्रकला डायरी प्रतियोगितामा नेपालबाट सहभागि भएकी कञ्चनपुरकी छात्रा अस्मिता साउदलाई पुरस्कार प्रदान गरिएको छ । भीमदत्त नगरपालिका १३ पिपरैडा बैजनाथ विद्या निकेतनकी छात्रा अस्मिता साउदलाई पुरस्कार प्रदान गरिएको हो । ०२१÷०२२ मा जापानमा भएको मित्सुविसी एसियाली बाल चित्रकला डायरीमा नेपालबाट ८जना सहभागि विद्यार्थी मध्ये साउद पनि सहभागि भएकी थिईन ।

उक्त प्रतियोगितामा उत्कृष्ठ पुरस्कार बिजेता साउदलाई एक कार्यक्रमका विच पुरस्कार प्रदान गरिएको बैजनाथ विद्या निकेतनका प्रअ भानदेव भट्टले बताए । युनेस्को नेपाल राष्ट्रिय आयोगका शाखा अधिकृत उषा पोखरेल, भीनपा १३का वडाध्यक्ष राम बहादुर बोहरा, विद्यालय व्यवस्थापन समितिका अधयक्ष भवानी दत्त भट्ट, सिद्धनाथ माविका अध्यक्ष महेश भट्ट, शान्ति आधारभूत विद्यालयका प्रअ उत्तम विष्ट सहितको उपस्थितिमा पुरस्कार हस्तान्तरण गरिएको छ ।







