नरी बडु / बैतडी : आफ्नै हलगोरुले मनग्य अन्न फलाएको मुद्रे स्याल्तडीको वर्षमा तीन खेती पाक्ने खेत झाडीमा परिणत हुँदा मेलौली नगरपालिका–१ मुद्रे स्याल्तडीका लालमणी भट्टका आँखा रसाउँछन् । आँपको रुखको छायामा बसेर सोही रुखको आँम आनन्दका साथ खाएको उनि सम्झन्छन् । अन्न र फलफूल बेच्ने लाल मनीहरु अहिले गिट्ी कुटेर लाला बाला पालिरहेका छन् । कारण हो ०६२ आ-आएको बाढीले सिँचाई कुलो भत्कीदा उनिहरुको खेत रुखो बन्यो । १–२ वर्ष आकासे पानीको भरमा बिउ छरेका उनिहरुको खेती सफल भएन् । न कसैले सिँचाई कुलो बनाइ दियो । सिँचाई कुला निर्माणको माग गर्दै तात्काली नगाविस, जिल्ला विकास समिति र अहिलेको नगरपालिका, प्रदेश र संघ सरकार धाएको वषौँ भयो । तर उनिहरुको समस्याअझै सम्म पनि समाधान हुन सकेको छैन् । मेलौली नगरपालिका बाट समेत ४ घण्टाको पैदल दुरीमा रहेको मुद्रे, स्याल्तडी गाउँ राज्यका नीकाय समेत जान अल्छी गर्छन, नेताहरु पनिभोट माग्नमात्रै पुग्छन् । सिँचाई कुलो भत्केर विस्तापित बनेका ५० परिवार मेलौली नगरपालिका–६ मा वस्दै आएका छन् भने ५ परिवा मुद्रे, स्याल्तडीमै वसिरहेका छन् । ‘विस्तापित भएर बसाई सरेपछि हाम्रा घरभत्की सके, घरका अवषेस समेत मेटीने अवस्थामा छन् । खेत झाडीमा परिणत भैसक्यो तर हामीहरुको पीडा कसले सुनिदिने ।’विस्तापित लालमनी भट्ट भन्छन् ।

संचारको पहुँचबाट समेत टाढा रहेका स्थानीयहरुलाई धनगढी स्थित खाद्य अधिकारको क्षेत्रमा काम गर्ने संस्थायाक नेपालले सम्बन्धित निकायहरुसंग जोड्ने कामग¥यो । पीडितहरुको पक्षमा थुप्रै वकालत, वहस र पैरवी समेत भए फलस्वरुप सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७५/७६ मा एक कराड २० लाख बजेट विनियोजन समेत ग¥यो । सो बजेटले खुसि भएकामुद्रे, स्याल्तडीवासी नागरिकहरुको खुसि सिँचाई डिभिजन कार्यालयका प्रमुखले टिक्न दिएनन् । कारण योजनाको सम्झौतानै गरिदिएनन् । मुद्रे स्याल्तडीको विषयमायाक नेपालले स्थानीय, प्रदेश र संघ सरकार सम्म विस्तापित नागरिकहरुलाई जोड्ने काम गरेको बताउछन् याक नेपाल धनगढीका प्रतिनिधि देवीखनाल । उहाँले भन्नुभयो ‘हामीले स्थानीय देखि प्रदेश सरकार सम्म उनिहरुलाई पु¥याएर तत्कालीन मुख्य मन्त्री त्रिलोचन भट्टसम्मलाई भेटाउने कामग¥यौँ, योजना पनिआयो तर सिँचाई डिभिजनको लापर्वाहीका कारण काम भएन् ।’ मन्त्रालयको प्राविधिक टोलीले उक्त क्षेत्रमा सिँचाई कुलो अवस्यक रहेको र कुलो निर्माण समेत सम्भव भएको प्रतिवेदन बुझाएको थियो । सरकारी प्रतिवेदन अनुसारनै उक्त क्षेत्रमा वर्षेनी उत्पादन हुदै आएको ३६ हजार ८ सय ३४ किलो खाद्यान्नह्रास भएको छ । अहिले सम्मको हिसाब गर्दा अन्नमात्रै ६ लाख २६ हजार बढी किलो खाद्यान्न ह्रास भइसकेको याक नेपालका देवी खनालको भनाई छ ।

आएको बजेट सम्झौताका लागि उपभोक्ता समिति समेत गठन गरेका यहाँका नागरिकहरुलाई तत्कालीन सिँचाई डिभिजन कार्यालयका प्रमुख तेजप्रसाद दाहालले अलमलमा पारि सम्झौता नगरिदिएको उनिहरुको आरोप छ । ‘सम्झौताका लागि पटक पटक आग्रह गर्दा समेत कहिले इन्जिनियर छैन, कहीले म बाहीर छु, टाइम छदैछ भन्नु भयो, जेठ सम्म यसरी अल्मल्याएर पछि अहिले सकिदैन अर्को वर्ष वयाँ योजना हाल्न लगाइ दिउला भनेर ठक्नुभयो ।’ स्थानीय जयदत्त भट्टले दुखेसो गरे । दुई वर्ष कोभिडको संक्रमणले यहाँका स्थानीयहरु सरकारी कार्यालयहरु धाउन सकेनन् । फेरी अहिले उनिहरु सिँचाई कुलोको माग गर्दै सरकारी निकायहरु धाउन थालेका छन् । अहिले सिँचाई डिभिजन कार्यालयका प्रमुख संदीप ढंगोलले उनिहरुलाई कुलो निर्माणका लागि पहल गर्ने आश्वासन दिएका छन् । ‘बुझ्दा यहाँको समस्या गम्भीर रहेछ, फहिलेनै हुनुपर्ने कामभएन अब प्रदेश सरकारसंग विषेश महत्वका साथयहाँको सिँचाई कुलाका लागि माग गरिन्छ ।’ डिभिजन प्रमुख डंगोलले भन्नुभयो । पटक–पटकको आश्वासनले आजित बनेका यहाँकासिँचाई कुलो प्रभावित नागरिकहरुको समस्याका बारेमा सरकार गम्भिर बन्नुपर्ने खाद्य अधिकार सम्बद्ध व्यक्तिहरुको भनाई छ ।

