दोधारा । पंजाबलाई छुट्टै खालिस्तान राज्य माँग गर्दै आएका अमृतपाल सिंह र उनका समर्थकहरुलाई खोज्न भारतीय सुरक्षा एजेन्सी र खुफियातन्त्र सक्रिय छ् । सुरक्षा निकायले नेपालको पश्चिमी सीमा संग जोडिएका उत्तराखण्डको उद्यमसिंहनगर र चम्पावत जिल्लामा सर्च अप्रेसन चलाएको छ् । तर, उनको अत्तोपत्तो छैन् । खुल्ला सीमा क्षेत्रबाट नेपाल पस्न सक्ने आशंकामा प्रहरी, सुरक्षा एजेन्सी र खुफियातन्त्रलाई सतर्क राखिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । पंजाब प्रहरीले हतियारधारी केही व्यक्तिहरुको पोष्टर जारी गरेको छ् ।

तिनमा अमृतपाल सिंह, हरजीत, विक्रम जीत, पपल प्रीत, हरप्रीत लगाएत छन् । खोजी सूचीमा रहेकाहरुको कुनै पनि जानकारी पाएमा प्रहरी र सुरक्षा एजेन्सीहरुलाई सूचित गर्न भनिएको छ् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को छैटौं बाहिनी कमान्डेन्ट अनिल नेहराका अनुसार सीमा क्षेत्रमा एसएसबी पहिल्यै देखि सतर्क अवस्थामा छ् । ‘तरपनि यस्ता खतरनाक अपराधी खुल्ला सीमाको फाईदा उठाउदै नेपाल भाग्न सक्ने आशंकामा सबै यूनिटहरुलाई सतर्क रहन निर्देश दिइएको छ,’ उनले भने । सीओ अविनाश बर्माले प्रहरीलाई पनि सीमा क्षेत्रमा सतर्क रहन, संदिग्ध, अपरिचित र बाहिरका ब्यक्तिहरुमाथि नजर राख्न निर्देशन दिएको बताए ।

खालिस्तानी कमाण्डर सिंह र उनका समर्थकहरुका पोस्टर सीमा क्षेत्रका सार्बजनिक स्थानहरुमा टास गरिएका छन् । एसएसबी र प्रहरी संयुक्त चेकिङमा जुटेको छ् । नेपालको सीमावर्ती बजार बनबसाको शारदा ब्यारेज स्थित प्रहरी चौकीका इन्चार्ज हेमन्त सिंह कठैतले आफूहरु चौबिसै घण्टा सीमा क्षेत्रमा नजर टिकाइरहेको बताए । शुक्रवार प्रहरी र एसएसबीको संयुक्त टीमले सीमा क्षेत्रमा गस्ती गरे । ठाँउ ठाँउमा आकस्मिक रुपमा सवारी साधनलाई रोकेर सघन चेकिङ अभियान चलाए । दोधारा चाँदनीको सीमावर्ती मेलाघाट बजारमा पनि यस्तो चेकिङ गरिएको थियो ।

नेपाल भित्रिने यात्रुको परिचयपत्र पनि हेरिएको थियो । उत्तराखण्डको उद्यम सिंहनगरमा सिख धर्मावलम्बीहरुको बाक्लो बसोबास छ् । गाँउ गाँउमा गुरुद्धारा छन् । त्यसैले पंजाबबाट भागेर त्यहाँ आएको हुनसक्ने सम्भावनालाई मध्यनजर गरी प्रहरी उनीहरुको खोजीमा जुटेको हो । सिंहको समूहले केही समययता छुट्टै सिख राज्य खालिस्तानको माँग गर्दै आन्दोलन गरिरहेको थियो ।
