दोधारा । दोधारा चाँदनी नगरपालिकाका भुवन औजीको उपचारको लागी धन सिंह साँउदले रु. ४० हजार नगद सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिका– २ निवासी भुवन औजीको उपचारको लागी सोही वडा निवासी तथा हाल काठमाण्डौं गोलोवल मनी एक्सप्रेसमा कार्यरत राजेन्द्र सिंह साँउदको छोरा धन सिंह साँउदले रु. ४० हजार नगद सहयोग गरेको दोधारा चाँदनी–२ का वडा सदस्य तथा भुवन औजी बचाउ अभियानका अगुवाई गरेका मनकला खनाल पुजारले जानकारी दिएका छन् । औजी बिगत केही वर्ष देखि ब्रेन ट्युमर र प्याङक्रियाको समस्याले ग्रसित छन् ।


एक कार्यक्रमको बिच पिडित औजीका धर्मपत्नी यसोदा औजीलाई उक्त रकम हस्तान्तरण गरिएको छ् । हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी– २ का वडा अध्यक्ष पदम सिंह रावल, दाता धनसिंह साँउदका वुवा राजेन्द्र सिंह साँउद, वडा सदस्य मनकला खनाल पुजारा, दोधारा चाँदनी वडा नं. १ का वडा सदस्य कृष्ण दत्त भट्ट लगाएत भुवन औजीका धर्मपत्नी यसोदा औजी लगाएत स्थानियहरुको सहभागिता रहेको थियो । हस्तान्तरण कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले मनकारी मन भएका धन सिंह साँउदलाई धन्यबाद दिदै पिडामा रहेका बेला मानविय सहयोग गरेको बताएका छन् ।

घरको आर्थिक अवस्था दैनिय रहेको त्यसैमा बिरामीले च्यापेर उपचार गर्न सकस भएको भएको अवस्थामा धन सिंह साँउदले गरेको सहयोग निकै अतुलनिय र प्रशंसनिय कार्य भएको बताउदै वडाध्यक्ष रावलले भुवन औजीको उपचारमा सहयोग गर्दै आएका देश बिदेशमा रहेका सहयोगी हातलाई बिशेष धन्यबाद दिदै भुवन औजीको सिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

कार्यक्रममा भुवन औजी बचाउ अभियानका अगुवाई गरेका वडा सदस्य मनकला खनाल पुजारले धन सिंह साँउदलाई बिशेष धन्यबाद दिदै अझै सम्म उपचार कार्यमा सहयोग गर्दै आएका सबैलाई धन्यबाद दिदै उपचार खर्च अपुग रहदै आएकोमा सबैको सहयोगको खाँचो रहेको बताएका छन् ।
यसै क्रममा ब्रेन ट्युमरले ग्रसित दोधारा चाँदनी– १ निवासी लिला देबी धामीलाई धन सिंह साँउदले रु. १८ हजार ६ सय २५ रुपिया सहयोग गरेका छन् ।
ट्युमरले ग्रसित लिला देबी धामीका छोरा गौरव धामीलाई धन सिंह साँउदले पठाएको उपचार रकम हस्तान्तरण गरिएको वडा सदस्य मनकला खनाल पुजाराले बताएका छन् । धनसिंह साँउदले गरेको सहयोग प्रति स्थानियहरुले उच्च प्रशंसा गरेका छन् ।






