कञ्चनपुर : कञ्चनपुरका ६ क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु)को निर्वाचन भएको छ । भने १ क्याम्पसमा सहमतीय आधारमा स्ववियु टुङगिएको छ । त्रिविको कार्य तालिका अनुरुप ५ चैत्रमा सम्बन्धन प्राप्त जिल्लाका ६ क्याम्पसमा निर्वाचन र १ क्याम्पसमा सहमतीय आधारमा स्ववियु चयन गरिएको हो । आइतबार ६ वटै क्याम्पसमा निर्वाचन भएको छ । जसमध्ये नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनले बराबरी दुई दुई क्याम्पस जितेका छन । भने परिमाण रामपुरका अखिल क्रान्तिकारी बाहेक अन्यमा मिश्रित आएको छ । निर्वाचन अघि नै एक क्याम्पसमा सहमतीय आधारमा स्ववियु समिति निर्बिरोध चयन गरिएको थियो । ७ क्याम्पस मध्ये नेपाली काँग्रेस निकट नेवि संघले ३, नेकपा एमाले निकट अनेरास्ववियुले २ र नेकपा माओवादी केन्द्र अखिल क्रान्तिकारीले २ क्याम्पसमा जितेको छ । निर्वाचन प्रकृया अनुरुप नेवि संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले २, २ क्याम्पस जितेका हुन, त्यस अघि नै १ क्याम्पसमा नेवि संघले स्ववियु जितिसकेको थियो । कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा नेवि संघका कृष्णराज जोशी सभापतिमा निर्वाचित भएका छन । नेवि सघका जोशीले अनेरास्ववियु र अखिल क्रान्तिकारीका संयुक्त उम्मेदवार बालिका पन्तलाई उछिन्दै स्ववियु सभापतिमा निर्वाचित भएका छन ।

जोशीले अनेरास्ववियुका उम्मेदवार पन्तलाई १५०मतको अन्तरले हराउँदै सभापतिमा निर्वाचित भएका छन । जोशीले ३सय ६ र पतले १सय ५६ मत ल्याएकी छिन । महाकाली बहुमुखी क्याम्पस बेलौरिमा नेवि सघका निरज भण्डारी निर्वाचित भएका छन । भण्डारीले अनेरास्ववियुका हिरामोती चौधरी, अखिल क्रान्तिकारीका सपना चौधरी, नागरिक उन्मुक्तिका उर्मिला चौधरी आफ्नै बागी रमेश तमोलीलाई उछिन्दै सभापतिमा निर्वाचित भएका छन । भण्डारीले १६७, हिरामोतीले ११८, सपनाले १०६, उर्मिलाले ५४, तमोलीले ३मत ल्याएका छन । नेवि संघ कञ्चनपुरका नेता उपेन्द्र बमले कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारीको संयुक्त प्यानल उछिन्दै नेवि संघ निर्वाचित भएको बताए । यस अघि नेवि संघकी विमला जोशी दानेश्वर बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा निर्बिरोध निर्वाचित भएकी थिईन । नेवि संघ कञ्चनपुरका पुर्व अध्यक्ष कृष्ण भट्टले दानेश्वरमा सहमतीय आधारमा चयन गरिएको स्ववियुलाई निर्वाचन समितिले प्रमाण पत्र एव सपथग्रहण गराएको बताए । रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस बेलडाँडीमा अनेरास्ववियुका दिलेन्द्र प्रशाद बडू निर्वाचित भएका छन । अनेरास्ववियुका बडूले नेवि संघका गजेन्द्र उपाध्यायलाई २९मतका अन्तरले हराउँदै सभापतिमा निर्वाचित भएका हुन । बडूले १०९ र उपाध्यायले ८०मत ल्याएका छन ।

कञ्चन बहुमुखी क्याम्पस गुलरियामा अनेरास्ववियुका देव बहादुर साउद निर्वाचित भएका छन । साउदले नेवि संघ र अखिल क्रान्तिकारीका साझा उम्मेदवार नेवि संघ नेता दिनेश भट्टलाई उछिन्दै सभापतिमा निर्वाचित भएका छन । साउदले १९० र भट्टले १५०मत ल्याएका छन । अनेरास्ववियु निर्वतमान स्थायी कमिटि सदस्य गणेश सिह ऐरीले दुई संगठन उछिन्दै अनेरास्ववियु नेतृत्व लिन सफल भएको बताए । जनता बहुमुखी क्याम्पस पुर्नवसामा नेवि संघ र अनेरास्ववियुको विद्यार्थीको संयुक्त प्यानल उछिन्दै अखिल क्रान्तिकारीका मनोज सभापतिमा निर्वाचित भएका छन । अखिल क्रान्तिकारीका मनोज साउदले अनेरास्ववियु र नेवि संघका संयुक्त उम्मेदवार अनेरास्ववियु नेतृ सकुन्तला मल्ललाई २०मतको अन्तरले हराउँदै सभापतिमा निर्वाचित भएका छन । साउदले ११५ र मल्लले ९५ मत ल्याएकी छिन । अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला इन्चार्ज किशोर भट्टले दुई ठुला संगठनलाई उछिन्दै क्रान्तिकारीका उम्मेदवार निर्वाचित भएको बताए । ‘उक्त कयाम्पसमा हाम्रो अखिल क्रान्तिकारी, अनेरास्ववियु र नेवि संघ छुट्टाछुट्टै चुनावी मैदानमा गएको भए पुरै प्यानल हाम्रो जित हुने देखेरै उनीहरुले गठबन्धन गरेका हुन, ‘उनले भने, ‘अखिल क्रान्तिकारीको लोकप्रियतालाई आम विद्यार्थीले देखाईदिए ।’ रामपुर बहुमुखी क्याम्पस बेलौरी कलकतामा अखिल क्रान्तिकारीका सरस्वती तिरुवा निर्वाचित भएकी छिन । क्रान्तिकारीकी उम्मेदवार तिरुवाले नेवि संघका धनीराम चौधरी र अनेरास्ववियुका बिमला रेग्मीलाई हराउँदै निर्वाचित भएकी छिन । तिरुवाले १५, चौधरीले ४ र रेग्मीले ५ मत ल्याएकी छिन । अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले क्रान्तिकारीले रामपुर क्याम्पसमा पुरै प्यानल निर्वाचित भएको बताए ।

सहमतीय आधारमा टुङगो लगाएको दानेश्वर बहुमुखी क्याम्पस जिमुवा समेत संयुक्त प्यानल र अन्य ५ क्याम्पसमा मिश्रित चुनावी परिमाण आएको छ । रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको मात्रै एकल प्यानल निर्वाचित भएपनि अन्य क्याम्पसमा मिश्रित पदाधिकारी एव सदस्य निर्वाचित भएका छन । सुप विश्वविद्यालयका केन्द्रीय क्याम्पस, त्रिविकै आंगिक क्याम्पस सिद्धनाथ विज्ञान, नेपाल संस्कृति विश्वविद्यालयको शारदा पिद्यापिठ सहितका ९ क्याम्पसमा तालाबन्दीले स्ववियु निर्वाचित अन्यौल भएको छ । निर्वाचन हुने क्याम्पसमा स्थानीय प्रशासनले शान्ति सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारेकाले अन्य जिल्लामा लफडादेखि किचलो भएपनि कञ्चनपुरमा शान्तिपुर्ण भएको क्याम्पस प्रशासनले जनाएका छन । विद्यार्थी संघ संगठन नेता कार्यकर्ताको संयमितता, क्याम्पस प्रशासनले निष्पक्षता एव राजनीतिक दलको साथ सर्मथनमा शान्तिपुर्ण तरिकाबाट निर्वाचन गराउन सफल भएको क्याम्पस प्रशासनको अनुभव व्यक्त गरेका छन । निर्वाचित भएका स्ववियु सभापति, पदाधिकारी एव सदस्यले विद्यार्थीको हकहितका लागि काम गर्ने प्रण गरेका छन ।






