कञ्चनपुर: कञ्चनपुरको रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पसमा अनेरास्ववियुका दिलेन्द्र प्रशाद बडू सभापतिमा निर्वाचित भएका छन । अनेरास्ववियुका बडूले नेवि संघका गजेन्द्र उपाध्यायलाई २९मतको अन्तरले हराउँदै सभापतिमा निर्वाचित भएका हुन । बडूले १०९ र उपाध्यायले ८० मत ल्याएका थिए । सचिवमा नेवि संघका दिनेश जोशी निर्वाचित भएका छन ।

जोशीले अनेरास्ववियुका भाष्कर भट्टलाई २मतको अन्तरले हराउँदै सचिवमा चयन भएका छन । जोशीले ९५ र भट्टले ९३ मत ल्याएका छन । कोषाध्यक्षमा अनेरास्ववियुकै मानमती ऐर निर्वाचित भएकी छिन । ऐरले नेवि संघका कविता शाहीलाई २६मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका छन । ऐरले १०९ र शाहीले ८३ मत ल्याएका छन । अनेरास्ववियु कञ्चनपुरका नेता रविन नाथले सचिव बाहेक अन्य बाँकी पदमा अनेरास्ववियु निर्वाचित भएको बताए । उनका अनुसार सदस्यमा अनेरास्ववियुकै बिपना ताम्राकार, बलसिह बुडा, लक्ष्मण भट्ट,बसन्ती डगौरा, बबिता बम निर्वाचित भएका छन । कञ्चनपुरका १६ मध्ये ६ क्याम्पसमा मात्रै चुनाव भएको थियो ।







