दोधारा । दोधारा चाँदनी नगरपालिकामा नगर उपप्रमुख आवास कार्यक्रम अन्तर्गत घरहरु निमार्ण कार्य अघि बढाईएको छ् । चालु आर्थिक वर्षमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आर्थिक अवस्था कमजोर भई फुसको घरमा बस्दै आएकाहरुलाई दोधारा चाँदनीमा नगरउपप्रमुख आवास कार्यक्रम अन्तर्गत ८ वटा घर निमार्ण हुन थालेको दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीले जनाएका छन् ।

उक्त निमार्णको लागी रु. २० लाख रकम बिनियोजन गरिएको छ् । गरिब तथा बिपन्न ब्यक्तीको घर छनौट समेत भईसकेको नगर उपमेयर जोशीले बताएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका गरिब तथा बिपन्न ब्यक्तीलाई छनौट गरि उनिहरुलाई घर निमार्ण गर्न लागेको दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशीले बताएका छन् ।

‘हामीले नितान्तरुपमा गरिब तथा बिपन्न घरपरिवारलाई छनौट गरि घर निमार्ण गर्न लागेका छौं’ दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीले भने । आवासविहीनहरुलाई घर निमार्ण हुने भएपछि खुशी प्रकट गरेका छन् । निमार्ण कार्य अघि बढाउन उपभोक्ता समिति गठन कार्य सम्पन्न भई निमार्ण कार्य अघि बढेको बताईएको छ् ।

नगरउपप्रमुख जोशीले आगामी आर्थिक वर्षमा आवास कार्यक्रमलाई निरन्तरता दिदै आवासविहिनको घर बनाई सघाउने बताएका छन् । ‘आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न समुुदायकाका घरपरिवारलाई छनौट गरि निमार्ण कार्य अघि बढाएका छौ’ दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीले भने ।






