समाजवादी निकट अनेरास्ववियूले ग¥यो, सुप विश्वविद्यालयमा संगठन दर्ता

कञ्चनपुर, :नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले सुदूरपश्चिम विश्वविद्यालयमा संगठन दर्ता गरेको छ । अनेरास्ववियूले सुप विश्वविद्यालयमा आगामी चैत्र ८ गते हुने स्ववियू निर्वाचनका लागि संगठन दर्ता गरेको हो ।

अनेरास्ववियू सुदूरपश्चिम विश्विद्यालयका इन्चार्ज तोयराज जोशीले चुनावमा भाग लिन संगठन दर्ता गरिएको बताए । अनेरास्ववियू कञ्चनपुरका जिल्ला संयोजक रमेश पन्तद्वारा हस्ताक्षरित गरिएको पत्रमा प्रगतिशिल समाजवादी, देशभक्त विद्यार्थीको हकहितका लागि संगठन दर्ता गरिएको जनाईएको छ ।

ताजा समाचार

spot_img