साईबर क्राईम सम्बन्धी जनचेतना फैलाउदै दोधारा चाँदनी प्रहरी


पप्पु गुरुङ्ग, दोधारा । साईबर क्राइम कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरु हुन । पछिल्लो समय इन्टरनेटको प्रयोग ह्वात्तै बढेर गएको छ । अहिले समाजमा साईबर अपराधका घट्नाहरु बढ्न थालेका छन् । प्रविधिको विकास भए संगै यस भित्र विभिन्न अपराधहरु हुन थालेको छ् । साईबर क्राईम अन्तरगत वेवसाइट तथा इमेल ह्याकिङ, चरित्रहत्या, डाटा चोरी, इन्टरनेट मार्फत व्ल्याकमेलिङ, इन्टरनेट बैंकिङ जालसाजी, अर्काको पहिचान अनधिकृत रुपमा प्रयोग तथा जालसाजी गर्ने गरेको पाईन्छ् । सामाजिक सञ्जालमा प्रविधिको दुरुपयोग गर्दै गरिने मानहानी, ब्लाकमेल लगाएतका अपराधका घट्नाहरु बढीरहेको छ् । समाजमा हुने साईबर क्राईम न्युनीकरण गर्नको लागि ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले साईबर क्राईम सम्बन्धी सचेतना मुलक कार्यक्रम संचालन गरेको छ् ।

सबै भन्दा बढी जोखिममा हुने युवा युवतीको लागि सचेतनामुलक कार्यक्रम संचालन गरीएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले जानकारी दिएका छन् । समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत आज दोधारा चाँदनी– १ को महाकाली आदर्श माबि. हल्दुघाटमा बिद्यार्थीहरुलाई साईवर क्राईम सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले बताएका छन् । विद्यार्थीहरुलाई साईबर क्राईम भनेको के हो ? साईबर क्राईम गर्दा हुने कानुनी सजाय, यसबाट बच्ने उपाय, वर्तमान अवस्था लगाएतको विषयमा विद्यार्थीहरुलाई कार्यक्रममा जानकारी गराईएको थियो ।

साईवर क्राईम सम्बन्धी जनचेतनामुलक कार्यक्रममा महाकाली आदर्श माबि. हल्दुघाटका कक्षा ९ र १० का बिद्यार्थी तथा शिक्षकहरु रहेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । प्रहरी निरिक्षक साँउदले दोधारा चाँदनी नगर क्षेत्रमा रहेका बिद्यालयहरुका साईवर क्राईम सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरिने बताएका छन् ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रसनि. शंकर दत्त जोशीको कमाण्डमा गएको टोलीले महाकाली आदर्श माबि. हल्दुघाटमा बिद्यार्थीहरुलाई साईवर क्राईम सम्बन्धी अनुशिक्षण गरिएको बताईएको छ् ।

 


ताजा समाचार

spot_img