कञ्चनपुरका पाँच विद्यार्थी संगठनले भने, क्याम्पस प्रशासनले तदारुकता देखाएनन्

कञ्चनपुर : कञ्चनपुरमा डेढ दशकमा स्वतन्त्र विद्यार्थीको निर्वाचन हुँदै छ । यस अघि ०६४ सालमा स्ववियू निर्वाचत भएको थियो, त्यसयता विभिन्न मितिमा स्ववियूको निर्वाचनको मिति तोकिने सर्दै आएको थियो । यस पटक स्ववियू निर्वाचन हुने विद्यार्थी संगठन र विश्वविद्यालय प्रशासनका तर्फबाट माहोल बन्दै गएको छ । तर, कञ्चनपुरका विद्यार्थी संगठनले क्याम्पस प्रशासन स्ववियू निर्वाचनका लागि तयार नदेखिएको आरोप लगाएका छन । सोमबार कञ्चनपुरका पाँच विद्यार्थी संगठनको बैठकले निर्वाचन हुने क्याम्पस प्रशासनले तदारुकता नदेखाएको निष्कर्ष निकालेका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले स्ववियू निर्वाचन बारे जिल्लाका पाँच संगठनको बैठक बसेको बताए ।

क्रान्तिकारी जिल्ला संयोजक विष्टले नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी अनेरास्वयू र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयुक्त बैठकले निर्वाचन हुने क्याम्पस प्रशासनले चुनाव बारे तदारुकता नदेखाएको निष्कर्ष निकालेको बताए । ‘क्याम्पस प्रशासनले चुनावका लागि तदारुकता नदेखाएको प्रति हामी पाँच विद्यार्थी संगठनले ध्यानाकर्षण गरेका छौँ, ‘उनले भने, ‘स्ववियू निर्वाचनको कार्य तालिका अनुरुप स्वच्छ, निष्पक्ष र धाँधली रहित चुनाव गराउन हामीले माग अघि सारेका छौँ ।’ त्रिवि, संस्कृत र सुप विश्वविद्यालय केन्द्रीय, आंगिक एव सम्बन्धन प्राप्त क्याम्पस प्रशासनले निर्वाचनका लागि तयारी निरन्तर भईरहेको जनाएका छन ।

नेवि संघ कञ्चनपुरका अध्यक्ष रमेश चटौत, अनेरास्ववियु जिल्ला अध्यक्ष कमल रोकाया, अखिल क्रान्तिकारी जिल्ला संयोजक भुवन सिह विष्ट, समाजवादी अनेरास्ववियूका संयोजक प्रज्वल कुँवर र प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष मनिस पालद्वारा हस्ताक्षरित गरिएको निर्णय पुस्तिकामा आगामी चैत्रमा हुने स्ववियू निर्वाचन भव्य, सभ्य र सौहार्दपुर्ण वातावरणमा सम्पन्न गर्न प्रतिबद्ध रहने जनाएका छन ।

ताजा समाचार

spot_img