फ्लोरिडा ईन्टरनेशनल स्कुलको २२ औं बार्षिकोत्सव सम्पन्न


खडक कोली/कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ जानकीटोलमा रहेको फ्लोरिडा ईन्टरनेशनल बोडिङ्ग स्कुलको बार्षिकोत्सव सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमका विच फ्लोरिडा ईन्टरनेशनल बोडिङ्ग स्कुलको २२औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल जयराज ओझाले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तरमा प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले पनि शैक्षिक गुणस्तरमा जोड दिएका छन । कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षकको सहभागिता रहेको थियो ।

विद्यालयका प्रिन्सपल जयराज ओझाको सभापत्विमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी रहनु भएको थियो भने विशिष्ट अतिथीमा सुदूरपश्चिम विश्विद्यालयका मानविकी तथा समाजशास्त्र संकायका डिन डा. मुकुन्द कलौनी, सुदूरपश्चिम प्रदेश प्याब्सनका अध्यक्ष सुरेन्द्र ओझा, ब्रिसटन कलेजकी प्रिन्सपल निशा भट्ट रहनु भएको थियो ।

समाज सेवी तथा राजनैतिक व्यक्तित्व स्व. प्रताम राम लोहारले स्थापना गुर्न भएको विद्यालयले आज २२ औं वार्षिकउत्सव मनाउन सफल भएको छ । यस विशेष दिनमा वहाँको योगदानलाई कसैले पनि विर्सन सक्दैन् । हाल विद्यालय सञ्चालक तथा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष उत्तर टमाटाले विद्यालयको व्यवस्थापन हेरिरहुन भएको छ । समाजसेवी टमटाले गरिब तथा जेहेन्दार विद्यार्थीको लागि गुणस्तरीय शिक्षा प्रदान गर्नुको साथै उच्च शिक्षा प्रदान गर्दै आउनु भएको छ । सुविद्या सम्पन्न यस विद्यालयमा हाल ७५२ जना विद्यार्थी रहेका छन् भने विद्यार्थीको सिकाईमा कुनै कमि नहोस भन्नको लागि थप सुविधा जडान गर्न लागेको विद्यालयका प्रधानाध्यापक ओझाले बताउनु भयो । यस विद्यालयबाट शिक्षा आर्जन गरेका विद्यार्थी देशका विभिन्नन भागमा देश विकासको क्षेत्रमा योगदान पु¥याउदै आएका छन् भने विदेशमा समेत उच्च पदमा रहेर काम गर्दै अएका छन् ।


ताजा समाचार

spot_img