पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकामा महिलाहरुलाई आत्मनिर्भर बनाउन एक हप्ते महिलाको श्रंगार अर्थात डोरी बनाउने तालिम संचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ वडा कार्यालयको सहयोग र शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीको आयोजनामा एक हप्ते महिलाको श्रंगार अर्थात डोरी बनाउने तालिम संचालन गरिएको शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा खत्रीले जानकारी दिएका छन् । वडामा रहेका महिलाहरुलाई लक्षित गरेर आजबाट तालिम संचालन गरिएको हो ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री, शुदुरपश्चिम महिला जागरण उत्थान संस्थाका अध्यक्ष नन्दा खत्री, वडा सदस्य मनोज भण्डारी, गिता बिष्ट, पार्वती सुनार, संस्थाका उपाध्यक्ष खिमा चन्द, कोषाध्यक्ष धनसरा चन्द लगाएत तालिमका प्रशिक्षक तथा सहभागीहरुको उपस्थिती रहेको थियो । तालिमको उद्धघाटन सत्रमा दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले आफ्नो वडालाई समृद्ध र नमुना वडा बनाउनेका लागी वडामा बिभिन्न तालिम तथा सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको बताएका छन् । घर समृद्ध हुनको लागी महिलाहरु आत्मनिर्भर हुनुपर्नेमा जोड दिदै महिला दिदी बहिनीहरु विभिन्न पेशा तथा व्यवसाय मार्फत आफ्नो खुट्टामा आफै उभिनु पर्ने भन्दै आत्मनिर्भर भएर व्यावसायिक बन्नुपर्नेमा वडाध्यक्ष खत्रीले जोड दिएका छन् ।

तालिम पश्चात महिलाहरुको पेशा, व्यवसायलाई टिकाउन र उनीहरुको उत्पादनको लेबलिङ तथा प्याकेजिङका लागि वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आफुले पाउने सरकारी सेवा सुबिद्यालाई दुखी गरिबलाई सघाउदै आएको बताउदै वडाध्यक्ष केशव खत्रीले तालिम लिएपछि महिला दिदी बहिनीहरुले व्यावसायिक रुपमा डोरी उत्पादन गरी बाहिरबाट आउने डोरीलाई प्रतिस्थापन गर्नुपर्ने बताए । स्थानीय स्तरमा निकै राम्रो डोरी बनाउने सकिने तथा डोरीको बजार राम्रो रहेको बताउदै शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा खत्रीले महिला दिदी बहिनीहरुलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिएका छन् ।

संस्थाका अध्यक्ष नन्दा खत्रीले वडाध्यक्ष केशव खत्रीले वडालाई नमुना बनाउन बिभिन्न रचनात्मक कार्य गर्दै आएको प्रशंसा गर्दै वडाको समृद्धि र बिकासमा आफ्नो संस्थाले हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । एक हप्ते डोरी बनाउने तालिमको उद्धघाटन सत्रका संचालन संस्थाका कोषाध्यक्ष धनसरा चन्दले गरेका थिए भने, स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष खिमा चन्दले गरेका थिए । २५ जना सहभागी रहेका एक हप्ते डोरी बनाउने तालिमका प्रशिक्षक मिरा महरा राना रहेका छन् ।






