कञ्चनपुर : नेकपा एकीकृत समाजवादी पार्टी निकट एकीकृत सरकारी कर्मचारी संगठन कैलालीका अध्यक्ष धर्मराज जोशी नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनमा प्रवेस गरेका छन । मंगलबार एक कार्यक्रमका विच समाजवादी निकट निजामती कर्मचारी कैलालीका अध्यक्ष जोशी एमाले निकट निजामती कर्मचारी संगठनमा प्रवेस गरेका हुन ।

नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले समाजवादी कैलालीका अध्यक्ष चौधरी निजामती कर्मचारी संगठनमा प्रवेस गरेको बताए । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन सुप प्रदेश महासचिव महादेव जोशी केन्द्रीय सदस्य गणेश पनेरु, प्रदेशका उपाध्यक्ष झन्कर रावत, कोषाध्यक्ष कविराज कठायत सहितको उपस्थिति रहेको छ ।







