मोटरसाईकल दुर्घटनामा एक युवकको ज्यान गयो


दोधारा । दोधारा चाँदनी नगरपालिकामा सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ निवासी वर्ष अन्ताजी १७ का करन चन्दको सडक दुर्घटनामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । आज दोधारा चाँदनी नगरपालिका वडा नं. ९ आमभोज नजिक सुप्रप ०२००४ प ०८४४ को मोटरसाईकल सडकमा अनियन्त्रीत भएपछि मोटरसाईकलमा सवार करन चन्द र बिबेक बिष्ट घाईते भएका हुन् ।

उपचारको क्रममा भारतको बेरेली लग्दै गर्दा बाटैमा करन चन्दको ज्यान गएको बताईएको छ् । करन चन्द संग मोटरसाईकलमा सवार सोही वडा निवासी वर्ष अन्ताजी १६ का बिबेक बिष्टलाई प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उपचारपछि थप उपचारको लागी भारतको खटिमा लगिएको बताईएको छ् ।

गम्भिर घाईते भएका चन्दको उपचारको क्रममा भारतका बरेली लग्दै गर्दा बाटैमा मृत्यु भएको बाबाथान प्रहरी चौकीका ईन्चार्ज असई चक्र बहादुर सिंहले पुष्ठी गरेका छन् ।


ताजा समाचार

spot_img