अनेरास्ववियू केन्द्रीय पदाधिकारीमा कञ्चनपुरबाट विष्ट र थापा निर्वाचित

कञ्चनपुर : एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू केन्द्रीय पदाधिकारीमा कञ्चनपुरबाट दुई विद्यार्थी नेता निर्वाचित भएका छन ।
अनेरास्ववियूको काठमाण्डौँमा सम्पन्न भएको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ समिति चयनका लागि भएको निर्वाचनमा कञ्चनपुरबाट केन्द्रीय पदाधिकारीमा मार्यादा विष्ट र सदस्यमा हिमेश थापा निर्वाचित भएका छन ।
केन्द्रीय उपाध्यक्षमा मार्यादा विष्ट र निर्वाचन आयोग केन्द्रीय सदस्यमा थापा निर्वाचित भएका हुन । विष्ट बेलौरी र थापा पुनर्वासका स्थानीय हुन । विष्ट झण्डै दुई दशक र थापा एक दशकदेखि विद्यार्थी राजनीतिमा सकृय भएका छन । विष्ट र थापाले संगठनलाई चुस्तदुरुस्त रुपमा अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा समाचार

spot_img