दोधारा । दोधारा चाँदनीमा एक हप्ते गुडिया बनाउने तालिम सम्पन्न भएको छ । दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा दोधारा चाँदनी– २ वडा कार्यालयको आयोजनामा महिलाहरुलाई एक हप्ते गुडिय बनाउने तालिम सम्पन्न भएको दोधारा चाँदनी– २ का वडाध्यक्ष पदमर रावलले जानकारी दिएका छन् । एक हप्ते गुडिया बनाउने तालिमको समापन सत्रमा दोधारा चाँदनी– २ का वडाध्यक्ष .पदम रावल, वडा सदस्य मनकला खनाल पुजारा, कमान सिंह धामी, महाबिर सिंह धामी, वडा कार्यालय सचिव नरेन्द्र साँउद, तालिमका प्रशिक्षक छाया देबि चन्द, दोधारा चाँदनी नगरपालिका कार्यालय लद्यु उद्यम शाखाका जयन्ती भट्ट लगाएत तालिमका सहभागीहरुको सहभागी रहेको थियो ।


वडा अध्यक्ष रावलले तालिमबाट सीप सिकेर महिलाहरुलाई आर्थिक रुपमा शसक्त हुने सहयोग पुग्ने आशा राखेका छन् । तालिममा सिकेको सीप व्यवहारमा उतारेर तालिमको सही प्रयोग गर्न वडाध्यक्ष पदम रावलले सहभागीहरुलाई अनुरोध गरेका छन् । तालिममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ् ।


वडामा रहेका २० जना महिलाहरु सहभागी रहेको एक हप्ते तालिमले महिलाहरुको आर्थिक अवस्था सुधार ल्याउन सहयोगी बन्ने बक्ताहरुले बताएका छन् । तालिममा सहभागीहरुले सिकेको कुरा व्यवहारमा उतार्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।








