बहुमत निकट क्रान्तिकारीको स्ववियू केन्द्रीत प्रशिक्षण

कञ्चनपुर : नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले स्ववियू निर्वाचन केन्द्रीत प्रशिक्षण गरेको छ । अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेशको ूप्रदेश स्तरीय स्ववियु केन्द्रित प्रशिक्षण भएको हो । अखिल क्रान्तिकारी सुप प्रदेशका इन्चार्ज सुरेन्द्र धानुकले कैलालीको अत्तरियामा स्ववियू निर्वाचन केन्द्रीत प्रशिक्षण गरेको बताए । उनका अनुसार नेकपा बहमुत केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोला(कञ्चन)को प्रमुख आथित्यमा प्रंशिक्षण भएको बताए ।

प्रमुख अतिथि कञ्चनले बर्तमान राजनैतिक अस्थिरताले चौतर्फी संकट निम्त्याएको र त्यसको विरुद्धमा शसक्त आन्दोलन सिर्जना गर्नमा विद्यार्थीहरुको भुमिका महत्त्वपूर्ण रहने बारे महत्त्वपूर्ण विषय राखे । सुदूरपश्चिम बिश्वविद्यालय इन्चार्ज प्रकाश भट्टले संचालन गरेका थिए भने उक्त प्रशिक्षण संगठनका प्रदेश इन्चार्ज सुरेन्द्र धानुकले गरेका थिए। प्रशिक्षणमा पार्टी ब्युरो इन्चार्ज कमरेड महान,कंचनपुर जिल्ला इन्चार्ज कमरेड अर्जुन,महिला केन्द्रिय उपाध्यक्ष पार्वती सिंह लगायतका नेताहरुको उपस्थिति थियो। त्यसै गरि संगठनका केन्द्रिय उपाध्यक्ष बिरेन्द्र शाह र केन्द्रिय कोषाध्यक्ष दिपक बिष्टले स्ववियुको औचित्य,महत्त्व र अस्तित्व बारे मसिनो गरि प्रशिक्षणदिए ।

ताजा समाचार

spot_img