दोधारा । दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबि जोशीले अनुग्रह मण्डलीलाई कार्पेट र पिफम दिएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ स्थित रहेको अनुग्रह मण्डलीलाई आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देवि जोशीले कार्पेट र पिफम हस्तान्तरण गरेका छन् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबि जोशी, वडा नं. ६ का वडाध्यक्ष ओंम बस्नेत, अनुग्रह मण्डली दोधारा चाँदनीका प्रमुख रोयल राई, पञ्जाव (भारत) का पाष्टर बिजय मसिहा, साबित्री लामा तथा स्थानिय मण्डलीका अनुयायीहरुको बाक्लो उपस्थिती रहेको थियो ।


दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले दोधारा चाँदनी नगरपालिकामा रहेको अनुग्रह मण्डलीको बारेमा आफ्नो सकारात्मक धारणा ब्यक्त गरेका छन् । आगामी दिनहरुमा आफुले अनुग्रह मण्डलीको सहयोग गर्ने प्रतिबद्धता वडाध्यक्ष बस्नेतले ब्यक्त गरेका छन् । दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबि जोशीले आफुले निर्वाचनको बेला अनुग्रह मण्डलीलाई बोलेका बाँचा अनुरुप सघाउने प्रत्यन गरेको बताएका छन् । ‘निर्वाचनको बेला अनुग्रह मण्डली परिवार संग मैले गरेको चुनावी बाँचा अनुसार थोरै भएपनि सहयोग गर्ने प्रयास गरेको हु’ दोधारा चाँदनीका नगरउपप्रमुख गंगा देबि जोशीले भने ।


२०७१ सालमा स्थापना भएको अनुग्रह मण्डली दोधारा चाँदनीलाई बिभिन्न समयमा जनप्रतिनिधी तथा राजनितिक दलहरुले सघाउदै आएको कार्यक्रममा बताईएको छ् । अनुग्रह मण्डलीका प्रमुख रोयल राई लगाएत अनुग्रह मण्डलीका टिमले उपमेयर जोशीले गरेको सहयोगको धन्यबाद दिदै उपमेयर गंगा जोशी, वडाध्यक्ष ओंम बस्नेतको कार्यकालको प्रगतीको ईश्वर संग प्राथना गरेका थिए ।







