कञ्चनपुर: कञ्चनपुरका पत्रकार ज्ञानेन्द्र सिह महताले पत्रकारिता पेशा परित्याग गरेका छन । शनिबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै पत्रकारिता पेशा परित्याग गरेको घोषणा गरेका हुन । विगत १३ बर्षदेखि पत्रकारिता गर्दै आएका रेडियोकर्मी पत्रकार महताले देशमा विद्यमान बेतिथि अन्त्य गर्नका लागि राजनीतिक यात्रा तय गरेको बताए । महतालाई राष्ट्रिय स्वतन्त्र पाटीले सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेबारी दिएसंगै पत्रकारिता परित्याग गर्दै राजनीतिमा होमिएका हुन । ग्यालेक्सी फोरके टेलिभिजन कञ्चनपुरका समाचारतदाता एव रेडियो राष्ट्रियका प्रबन्ध निर्देशक समेत रहेका पत्रकार महताले पत्रकारितामा हुँदा भ्रष्टाचार बिरुद्धमा आवाज उठाउँदै आएका थिए । ‘मैले सञ्चार कर्मबाट विश्राम लिएको हुँ तर आवाज बिहिनका आवाज तथा सुदुरपश्चिम लगायत देशमा रहेका तमाम समस्या र वेथितिका विरुद्ध झन खरो भएर लाग्ने नै छु, ‘उनले भने, ‘म कञ्चनपुर लगायत सुदुरपश्चिमका तमास अभाव,पिडा र समस्याका बिषयमा जानकार छु ।’

देशमा भएको बेथितिलाई थिति बसाउन प्रयास गरे, यो अवधिमा सके जति देश र जनताको भलाईका लागि काम गर्ने प्रयत्न गरेको बताउँदै उनले वेथितिलाई थितिमा राख्न,जनताका समस्या जनस्तरबाट बुझ्न र सुल्झाउन आजबाट सक्रिय रूपमा राजनीतिमा प्रवेश गरेको स्पष्ट पारेका छन । आफ्नो लगानीमा सञ्चालित सञ्चार माध्यमलाई स्तन्त्र र निष्पक्ष भएर देश र जनताका पक्षमा काम गर्न पुर्ण स्तन्त्रता राख्ने समेत प्रतिबद्धता जाहेर गरेका छन । ‘राजनीतिलाई फोहोरी खेल भन्ने गर्छन र धेरैको बुझाई पनि यहि छ, ‘उनले भने, ‘मलाई लाग्छ राजनीति देश र जनताको भलाईका लागि निश्वार्थ भावले गरिने सेवा हो र म पनि यहि सेवा गर्ने मनसायले सफा हात र स्वच्छ मन लिएर फोहोरी हैन सफा राजनीतिक क्षेत्रमा लाग्दैछु ।’ सुदूरपश्चिमका तमाम समस्या बारे राजनीति रुपमा उठान गर्ने, सम्भावनालाई पहिल्याउँदै कार्यान्वयन गराउँदै प्रदेशलाई सम्बृद्धि बनाउने उद्घोष गरेका छन । महताले राष्ट्रिय स्वतन्त्र पाटीको शिर झुकाउने कुनैपनि काम नगर्ने समेत संकल्प गरेका छन । राजनीतिकलाई कमाईखाने भाडो भन्दा पनि आम जनताको जिवनमा सकारात्मक परिर्वतन ल्याउने काम गर्ने उनको भनाई छ ।







