कंञ्चनपुर : स्वीट नेपाल कंञ्चनपुरको आयोजना तथा युएनडिपी नेपाल र पुर्नबास नगरपालिकाको सहयोगमा संचालित एकिकृत जिविकोपार्जनको पहल द्धारा कोभिड १९ पुर्नप्राप्ति परियोजना अन्र्तगत पुर्नबास नगरपालिकाका वडा न ५ र ६ का ३० जना किसानहरु लाई एक एक वटा खोरसाथै एकजनालाई २० वटा कुखुराका दरले हस्तान्तरण गरिएको थियो । पुर्नबास नगरपालिका कार्यालय नजीक भएको हस्तान्तरण कार्यक्रममा सबै किसानहरु लाई चारो खुवाउने भाडा,पानी पिलाउने भाडो,चारो ५० किलोग्राम,र औषधी लगायतका समानहरु किसानहरु लाई पुर्नबास नगरपालिकाका नगरप्रमुख तोया प्रसाद शर्मा र स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले सयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

संस्थाले पुर्नबास नगरपालिकामा अती बिपन्न समुदायका रोजगारी गुमाएका २२५ जना भन्दा बढी ब्यक्तिहरु लाई रोजगारी सिर्जनाका लागी सहयोग गरेको जानकारी स्वीट नेपालका कार्यक्रम ब्यवस्थापक अमित सुनारले जानकारी दिएका छन ।
पुर्नबास नगरपालिकाको आईबिआरडी बजारमा भएको हस्तान्तरण कार्यक्रमको अध्यक्षता स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले गरेका थिए भने प्रमुख अतिथी नगरप्रमुख तोयाप्रसाद शर्मा थिए भने बिशिष्ट अतिथिमा प्रमुख प्रसासकिय अधिकृत गणेश सिह ऐरी वडा न ५ का अध्यक्ष पदम सिह रोकाया हुनुहुन्थ्यो भने कार्यक्रममा स्वागत मन्तब्य पशु शाखा प्रमुख अनिता केसी ले गनुभएको थियो भने संचालन पशु प्राविधिक मोहित बोहराले गरेका थिए भने वडा न ६ र ७ का ३० जना किसानहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम पाएपछि भने किसानहरु हर्षित भएका छन किसानहरु मध्ये गंगा सार्कीले सिहदरबार घरमै आई सेवा दिएकोमा खुसी ब्यक्त गर्छिन । संस्थाले दिगोजिविको पार्जनका लागी पुर्नबास नगरपालिकाम रहेका अती बिपन्न समुदायका दलित,आदीवासी जनाजती,एकल महिला तथा महिलाहरुका लागी रोजगारमुलक कार्यक्रम गर्दे आईरहेको छ ।







