दोधारा । दोधारा चाँदनी नगरपालिकामा रहेको कमलशा बाबा मन्दिर समितिको अध्यक्षमा दिल बहादुर क्षेत्री चयन भएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ स्थित रहेको कमलशा बाबा मन्दिर समितिको एक भेलाले अध्यक्ष पदमा दिल बहादुर क्षेत्रीलाई सर्वसम्मतबाट अध्यक्षमा पदमा चयन गरेको कमलशा बाबा मन्दिर समिति दोधारा चाँदनीले जनाएको छ् ।

उपाध्यक्षमा नरेन्द्र चन्द, सचिवमा बल बहादुर रावत, सह–सचिवमा मालती जोशी भण्डारी, कोषाध्यक्षमा माया देबि पुन लगाएत १७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ् । भेलाले कमशा बाबा मन्दिर समितिको सल्लाहकार समिति सहित कमलशा बाबा मन्दिर समितिको नाउ परिवर्तन गरि कमलशा बाबा सस्कृती संरक्षण समिति राख्ने निर्णय गरिएको कमलशा बाबा मन्दिर समितिले जनाएको छ् । नव कार्यसमितिका पदाधिकारीहरुलाई बधाई तथा कार्यकालको शुभकामना दिएका छन् ।







