दोधारा । दोधारा चाँदनीमा नगर खेलकुद विकास समितिको आयोजनामा विहिबार देखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ हुने भएको छ । दोधारा चाँदनी नगरपालिका– ४ स्थित खेल मैदानमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ आउदो विहिवार हुने नगर खेलकुद विकास समिति दोधारा चाँदनीका अध्यक्ष हर्क बहादुर थापाले जानकारी दिएका छन् । आज दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा शाखाले एक बिज्ञप्ती जारी गर्दै दोधारा चाँदनी नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आउदो २६ गते संचालन हुने जानकारी दिएको हो ।

बिद्यालय स्तरमा रहेका प्रतिभालाई खेल मार्फत छनौट गरि उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागिता गराउने उद्धेश्यले प्रतियोगिता संचालन गरिएको बताईएको छ् । जसमा भलिवल, कबड्डी, एथलेटिक्स, रिले दौड, मार्शल आर्ट तर्फ कराते, तेक्वाडो लगाएत खेल रहने बताईएको छ् । प्रतियोगिता संचालनको लागी तयारी सुरु गरिएको नगर खेलकुद विकास समिति दोधारा चाँदनीका अध्यक्ष हर्क बहादुर थापाले बताएका छन् । प्रतियोगितालाई सभ्य तथा भब्य बनाउन सबैको सहयोगको अपिल समेत गरिएको छ् । नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ मा दोधारा चाँदनी नगरपालिकाका ११ सामुदायिक तथा संस्थागत बिद्यालय सहभागी हुने बताईएको छ् ।







