लक्ष्मी माविको ४४औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न


कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका १५ खैरभट्टीमा रहेको लक्ष्मी माध्यामिक विद्यालयको ४४औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्तमका विच विद्यालयले बार्षिकोत्सव तथा अभिभावम दिवस मनाएको हो । बार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक लोकराज जोशीले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्र्रस्तुत गर्दै आगामी दिनमा शैक्षिक गुणस्तरमा जोडदिए ।

बार्षिकोत्सव कार्यक्रममा विद्यालयको बृद्धि विकासमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान एव विद्यालयले संचालन गरेको आन्तरिक प्रतियोगिताका उत्कृष्ठ विद्यार्थी पुरस्कृत गरिएको थियो । विभिन्न साँस्कृतिक कार्यक्रम सहित प्रस्तुत गरिएको थियो । कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र सिह साउदले ग्रामिण भेगको सामुदायिक विद्यालयको बृद्धि विकासका लागि स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधीको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य मधु भारती, बिशिष्ठ अतिथि प्रदेश सभा सदस्य हिरा सार्की, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहरा, खेलकुद विकास समिति कञ्चनपुरका उपाध्यक्ष कैलाशचन्द्र गिरी सहितका जनप्रतिनिधीले विद्यालयको बृद्धि विकासका बचन दिएका छन । कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी सहितको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img