दोधारा चाँदनीमा भलिवल प्रतियोगिताको तयारी


दोधारा । दोधारा चाँदनी नगरपालिकामा खुला पुरुष भलिवल प्रतियोगितको तयारी सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ वडा कार्यालयले खुला पुरुष भलिवल प्रतियोगिताको आयोजनाको लागी तयारीमा जुटेको हो । हिजो दोधारा चाँदनी– ५ वडा कार्यालयमा वडाध्यक्ष केशव खत्रीको अध्यक्षतामा बसेको एक बैठकले प्रतियोगिताको लागी वडा नं. ५ का पुर्व वडा सदस्य करन सुनारको संयोजकत्वमा एक समिति गठन गरेको छ् ।

प्रतियोगितालाई भब्य र सभ्य बनाउन सबै पक्षलाई सहयोगको अनुरोध गरेको छ् । वडा नं. ५ वडाध्यक्ष केशव खत्रीको पहलमा संचालन हुन लागेको खुला पुरुष भलिवल प्रतियोगितको वडाको ईन्द्र मध्यवर्ती सामुदायिक बनमा संचालन गरिने बताईएको छ् । वडाध्यक्ष केशव खत्रीले एथासिघ्र प्रतियोगिता संचालनको तयारी रहेको बताएका छन् । नगर क्षेत्रका झण्डै १० भलिवल क्लव प्रतियोगितामा सहभागी हुने आयोजक समितिले अपेक्षा राखेको छ् ।


ताजा समाचार

spot_img