समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

कञ्चनपुर : कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका ९ आम्भोजकी २३ बर्षिया आशा बस्नेत मृत्युको मुखमा पुगेर पनि बाँचेकी छिन । मंगलबार आमालाई खानेदिन जाँदा महाकाली नदीमा बहाव बढेर बगेकी आशालाई प्रहरीले समयमै उद्दार गरेको छ । ईलाका प्रहरी कार्यालय दोधाराका इन्चार्ज प्रहरी निरीक्षक अमरसिह साउद नेतृत्वको टोलीले आशालाई समयमै उद्दार गरेको हो । आशा महाकाली नदीमा बगेको खबर पाउने लगत्तै प्रहरी टोली घटना स्थल पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी चक्र बहादुर शाहले आशा महाकाली नदीमा बगेको खबर पाउँनासाथ प्रहरी निरीक्षक अमरसिह साउद नेतृत्वको टोलीले आशाको उद्दार गरेको बताए । आशा आमा खरकटाईका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गएकी थिईन, आमालाई खाना लैजाने क्रममा उनी महाकाली नदी तर्ने क्रममा बगेकी थिईन । समयमै प्रहरी पुग्दा आशालाई बाँच्ने आशा थप पलाएको छ । आशाको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रबाट उप उपचारका लागि सेती अस्पतालमा उपचारका लागि पठाईएको छ ।

अहिले आशाको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । यसरी महाकाली नदीले बगाएर समयै प्रहरीद्वारा उद्दारपछि बाँच्न सफल भएकी आशालाई थप बाँच्ने आशा छ । महाकाली नदीमा बगेको मानिस बिरलै उद्दार र हुने बाँच्ने गरेका छन । प्रहरीको उक्त सहासिक कार्यबाट स्थानीय हर्षित भएका छन ।

ताजा समाचार

spot_img