लागु औषध नियन्त्रणको लागी दोधारा चाँदनीमा प्रहरीको जनचेतनामुलक कार्यक्रम


दोधारा । लागु औषध नियन्त्रणको लागी दोधारा चाँदनी नगरपालिकामा नेपाल प्रहरीले जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ् । सामुदायिक प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत दोधारा चाँदनी नगरपालिका– ८ स्थित रहेको जनज्योती माध्यमिक बिद्यालयलमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले बिद्यार्थीहरुलाई लागु औषध नियन्त्रणको लागी जनचेतनमुलक प्रशिक्षण संचालन गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका असई शंकर दत्त जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले बिद्यालयमा रहेका बिद्यार्थीहरुलाई लागु औषध नियन्त्रणको सचेतनामुलक प्रशिक्षण गरेको हो । बिद्यालयमा अध्ययनरत झण्डै ६५ जना बिद्यार्थी तथा शिक्षकहरुलाई लागु औषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरीएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । प्रहरीले बिभिन्न समयमा दोधारा चाँदनी नगरपालिकामा सचेतनामुलक कार्यक्रम, साप्ताहिकरुपमा सार्वजनिक स्थानमा सरसफाई तथा दुर्घटना न्युनिकरणको लागी सडकमा ट्राफिक चेकजाँचलाई निरन्तरता दिदै आएको छ् ।


ताजा समाचार

spot_img