कञ्चनपुर : माघ १ गते जहाज दुर्घटनामा परेर ज्यान गुमाएका कञ्चनपुर महेन्द्रनगरका आमाछोराको महाकाली नदीमा दाहशंस्कार गरिएको छ । जहाज दुर्घटनामा परी भीमदत्त नगरपालिका ४ महेन्द्रनगरकी सुष्मा पाण्डे(भट्ट) र उनका छोरा स्लक भट्टको महाकाली नदीमा दाहशंस्कार गरिएको हो । आइतबार देहान्त भएका आमाछोराको शनिबार महाकाली नदीमा अन्तेष्टी गरिएको परिवार स्रोतले जनाएको छ । हिन्दु धार्मिक परम्परा अनुरुप आमा छोराको महाकाली नदी आर्यघाटमा अन्त्येष्टी गरिएको हो ।

मृतक आमाछोराको शव पोखराबाट काठमाण्डौँ परीक्षण गरेर शुक्रबार मात्रै घर (महेन्द्रनगर) ल्याईएको थियो । शव अन्त्येष्टी यात्रमा हजारौँ मानिसको सहभागिता रहेको थियो । घरदेखि घाटसम्म हजारौँ मलामी थिए । अकल्पनिय ह्यदयविदारक घटनाले भट्ट परिवार सहित आफन्त, ईष्टमित्र विछिप्त भएका छन । भने अन्य छिमेकी गाँउले चिन्तित भएका छन । यती एयसलाईन्सको ९ एनएएनसी जहाज दुर्घटना दुर्घटनामा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर भट्ट परिवारका आमाछोराको निधन भएको थियो ।

महेन्द्रनगरका प्रतिष्ठित व्यवसायी सञ्जिवचन्द्र भट्टकी धर्मपत्नी ५० बर्षिया सुष्मा पाण्डे(भट्ट) र कान्छा छोरा १६ बर्षिया स्लक भट्टको निधन भएको एक सातामा अन्त्येष्टी गरिएको छ । स्लक अध्ययनका लागि यसैबर्ष मात्रै काठमाण्डौँ गएका थिए । उनीहरु आफन्तसंग भेटघाट गर्न पोखरा जान लागेका थिए । भट्ट परिवारको कोपिला सहित आमा गुमेपछि उनको परिवारमा बज्रपात भएको छ । ४ चालक दलका सदस्य सहित ६८ यात्रु बोकेर काठमाण्डौँदेखि बिहान १०ः ३२ मा पोखराका लागि उडेको हवाईजहाज १०ः५० मा दुर्घटना भएको थियो । जहाज दुर्घटनामा परी चालक दलका सदस्य सहित ७२ यात्रुले ज्यान गुमाएका छन । कञ्चनपुरका स्थानीयले नेपालको हवाई यात्रा सुरक्षित गर्नुपर्नेमा स्थानीयको जोडछ ।

