कञ्चनपुर : कञ्चनपुरको सञ्जिवनी कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा मिनराज गिरी चयन भएका छन । बेदकोट नगरमा रहेको सञ्जिवनी कृषि सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट मिनराज गिरी अध्यक्षमा चयन भएका हुन । उपाध्यक्ष उजलसिंह धानुक, दलबहादुर धामी(अबिरल), कोषाध्यक्ष ओम प्रकाश भट्ट
सदस्यमा पार्वती देवी रोस्यारा, धनबहादुर रोकाया,गगन दयाल, राजुराम सार्की भुल दिपेन्द्र बहादुर धानुक चयन भएका छन ।

यस्तै आन्तरिक लेखा समिति संयोजकमा झकरराज जोशी रहेका छन । सदस्य, पुण्य प्रसाद भट्ट, रामबहादुर धानुक र तिलक बहादुर ठकुल्लाको संयोजकत्वमा सल्लाहकार समिति चयन भएको छ । सदस्य वीरबहादुर खडाय, दिलबहादुर धानुक र राजेन्द्र प्रशाद भण्डारीको संयोजकत्वमा सल्लाहकार समिति चयन भएको छ । सदस्य उजलसिंह धानुक र गगन दयाल रहेका छन । संञ्जिवनी सहकारीका अध्यक्ष मिनराज गिरी सहितका पदाधिकारीले सहकारीको बृद्धि विकासका लागि काम गर्ने प्रण गरेका छन ।







