वडाध्यक्ष खत्रीको पहलमा अष्ट्रेलियाबाट रानाको उपचारको लागी सहयोग


दोधारा । दोधारा चाँदनी एक स्थानियलाई वडाध्यक्षको पहलमा अष्ट्रेलियाबाट उपचार रकम सहयोग प्राप्त भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ निवासी भिम बहादुर राना क्षेत्रीलाई वडाध्यक्ष केशव खत्रीको पहलमा अष्ट्रेलियामा रहेका नेपालीहरुले रकम पठाएपछि उपचार खर्च पाएका छन् । भिम बहादुर राना क्षेत्री झण्डै २ वर्ष देखि प्यारालाईसिस संगै आन्द्रमा समस्याको कारण पिडित रहेका छन् । रोगले च्यापेपछि रानालाई उपचारको लागी भारत लगाएत नेपालका बिभिन्न सरकारी तथा निजी अस्पतालमा उपचार गरिएको थियो । आर्थिक अवस्था कमजोर रहदै आएका रानाको उपचार गर्नमै ठुलो समस्या देखा पर्दै आएको हो ।

भिम बहादुर राना क्षेत्रका श्रीमती रुपा रानाले आफ्नो श्रीमानको उपचारको लागी निकै आर्थिक कठिनाई रहेको वडाध्यक्षलाई सुनाए संगै वडाध्यक्ष खत्रीको पहलमा बैदेशिक रोजगार अष्ट्रेलिया बस्दै आएका नेपालीहरुले रु. ५० हजार रकम सहयोग गरेका हुन् । आज एक कार्यक्रमको बिच पिडामा रहेका रानाको उपचारको लागी उक्त रकम हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले बताएका छन् । ‘भिम बहादुरजीको आर्थिक कठिनाईको कारण उपचार गर्न समेत सकस भएको अवस्थामा बैदेशिक रोजगारमा रहेका नेपालीको सहयोगमा उपचार खर्च रकम रु. ५० हजार रकम पिडितलाई हस्तान्तरण गरेका हौं’ दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले भने । यस अघि रानालाई वडाध्यक्षले दोधारा चाँदनी नगरपालिका कार्यपालिकाबाट रु. ३५ हजार र गाँउ, बस्तीबाट सहयोग संकलनबाट रु. १६ हजार रकम दिलाएर उपचारमा सहयोग गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री, मालिका आधारभुत बिद्यालयका प्रअ पदम बहादुर सिंह, वडा सदस्य पार्वती सुनार, दिनेश थापा मगर, भुपु वडाध्यक्ष मोहन सुनार, नगरपालिका कार्यपालिका सदस्य सेते सुनार लगाएत पिडित परिजन तथा स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो । अष्ट्रेलियामा रहेका नेपालीहरुको क्रिक्रेट क्लवहरुबाट रकम संकलन गरिएको कार्यक्रममा बताईएको छ् । दिनेश खड्का, विवश जोरा डोटेली, दिपक बस्नेत, किशोर पन्त, दिपेन्द्र चौधरी, उत्सव ठकुरी, सफल कार्की, ईश्वर अधिकारी लगाएत अष्ट्रेलियामा रहेका नेपालीहरुले रकम संकलन गरि वडाध्यक्ष केशव खत्री मार्फत पिडित भिम बहादुर रानाको उपचार खर्चा रकम पठाएका हुन् । आफ्नो श्रीमानको उपचारको लागी पहल गर्ने वडाध्यक्ष खत्री र सहयोग गर्ने अष्ट्रेलियामा रहेका नेपालीहरुलाई रुपा राना क्षेत्रीले बिशेष धन्यबाद दिदै पिडामा रहेको अवस्थामा वडाध्यक्ष खत्रीको पहल र बैदेशिक रोजगारमा रहेका नेपाली दाजु भाईको सहयोग आफुले कहिल्यै नविर्सने बताएका छन् ।

उनले पिडाको बेला सहयोग गरेकोले सबैको परिवारमा खुशी छावस भन्दै खुशीको आँशू झारेका छन् । बिदेशमा रहेर भएपनि नेपाल र नेपाली प्रतिको माया गरि पिडामा सहयोग गर्ने नेपाली दाजुभाई संगै वडाको समृद्धि र बिकासका लागी मरिमेटी लागेका वडाध्यक्ष केशव खत्रीलाई स्थानियबासीहरुले खुलेरै प्रशंसा गरेका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमै नमुना वडाध्यक्ष भन्दै खत्रीलाई वडाको सम्रग बिकासमा सबैले हातेमालो गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।


ताजा समाचार

spot_img