राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर : ः शुक्लाफाँटा नगरपालिका १० झलारीमा रहेको कञ्चन झलारी बचत तथा ऋण सहकारी संस्थाले आब ०७८/७९ मा रु एक अर्ब २२ करोडको कारोवार गरी रु ३५ लाख ९० हजार ३३६ मुनाफा आर्जन गरेको छ । सहकारीले वचत निक्षेप रु चार करोड ५९ लाख ९२ हजार रहेको छ । जुन कुल सम्पतीको अनुपातमा २९ दशमलव ४२ प्रतिशत रहेको छ । गत आवको अनुपातमा २ दशमलव ७३ प्रतिशतले बृद्धि भएको छ । सेयर पूजिँ एक करोड ९३ लाख १०० रहेको छ । गत आवको तुलनामा २९ दशमलव ९ प्रतिशतले बृद्धि भएको छ । समुदायमा हरेक व्यक्तिलाई औपचारिक वित्तीय पहुँच भित्र ल्याउनका लागि सहकारीको मूल्य र मान्यता अनुरुप सदस्यता खुल्ला गरी तीन हजार ७९६ सदस्य आवद्धभै सेयर पूजिँमा बृद्धि भएको सहकारीका अध्यक्ष जोगि सिंह सोवले बताउनु भयो । उहाँका अनुसार सहकारीमा तरलता बचत निक्षेप ३९ दशमलव ९ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणमणका कारण सिथिल अबस्थामा रहेको व्यापार, व्यवसाय तथा वित्तिय क्षेत्रहरु सञ्चालनमा आउन थाले पनि रसिया युक्रेन युद्धका कारण अर्थन्त्रका ठुलो प्रभाव परे संगै यसबाट सहकारी क्षेत्र अछुतो रहन नसकेको सहकारीका अध्यक्ष सोवले बताउनु भयो । वित्तिय क्षेत्र यस बेला चरम तरलताको अबस्थमा रहेको उल्लेख गर्दै उहाँले बिप्रेषण आप्रवाहमा कमी, आयातको तुलनामा अत्यन्त्यै निर्यातमा कमी, सरकारी विकास खर्चमा सुधार नहुनु, देश भित्र लगानीका लागि अनुकूल वातावरण नबन्दा अर्थतन्त्र प्रतिकूल अबस्थमा रहदा त्यसै अनुरुप सहकारीको बजेट तय गरी लगानी भैरहेको बताउनु भयो । “तरलताको उच्च चाप संगै बैंकिङ क्षेत्रको लगानी योग्य रकमको अभावले ब्याजदरमा बृद्धि हुदा आयात निर्यातमा नकारात्मक प्रभाव हुदा विदेशी मुन्द्रा संञ्चिती घटदै गएको अबस्थामा अर्थतन्त्रमा ठुलो दवाव सृजना भयो” अध्यक्ष सोवले भन्नु भयो, “यस प्रतिकुल अबस्थमा पनि सहकारीको सुझबुझको निर्णयका कारण विषम परिस्थीतिमा सदस्यहरुको आवश्यकता अनुसार ऋण लगानी तथा आार्थिक कारोवार गर्न सफल भएका छौ ।”

जसका कारण एक अर्ब बढीको कारोवार गर्न सकिएको उहाँले बताउनु भयो । सहकारीको कुल ऋण लगानी रु १३ करोड २८ लाख ६९ हजार ७४८ रहेको छ । ऋण लगानीलाई मासिक, त्रैमासि तथा किस्ता र मासिक व्याजलिने गरिएको छ ।
“सामाजिक क्षेत्र, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्रमा व्यवसायीक तथा लघु उद्यम क्षेत्रमा लगानी गर्दै आएका छा”ैं सहकारीका सचिव रुद्र नाथले भन्नु भयो, “आवद्ध सदस्यहरुलाई सहज रुपमा ऋण उपलव्ध गराउनका लागि बाह्य क्षेत्रबाट रु सात करोड ७९ लाख ९९ हजार ९९६ ऋण लिएर ९८५ जना सदस्यले उत्पादनशिल क्षेत्रमा लगानी गरेका छन ।” सहकारीका जिल्ला भित्र चार वटा सेवा केन्द्र रहेका छन । सेयर सदस्यको मृत्यु भएमा सहकारीले आश्रित परिवारलाई अन्तिम संस्कारका लागि रु पाँच हजार खर्चवाफतको रकम उपलव्ध गराउने व्यवस्था गरेको छ । हाल सम्म तीन जना सेयर सदस्यलाई सो रकम उपलव्ध गराईएको छ । आगामी योजनामा सहकारीले वेवसाईट निर्माण गर्ने, बजार प्रतिनिधिलाई मोवाईल टयाव उपलव्ध गराई प्रविधि मैत्री बनाउने कुरा उल्लेख गरेको छ । सञ्चालक तथा कर्मचारीको क्षमता विकास गर्न तालिम सञ्चालन गर्ने र सदस्यहरुको सन्तुष्टि सर्भेक्षण कार्यक्रम सहकारीले अघि सारेको छ ।







