खडक रावल /कञ्चनपुर : नाबालिका छोरी बलात्कारको आरोपमा कञ्चनपुरको दोधाराचाँदनीका एक युवक पक्राउ परेका छन । दोधाराचाँदनी नगरपालिका १ चाँदनीका २७ बर्षिया युवक पक्राउ परेका हुन । आफ्नै १० बर्षियाका नाबालिका छोरीमाथि बलात्कारको आरोप लागेका ति पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले छोरी बलात्कारको घर परिवारबाटै मौखिक उजुरी आएपछि पक्राउ गरि अनुसन्धान शुरु गरिएको बताए । उनका अनुसार बालिकाको स्वास्थ्य चेकजाँचका साथै ति पुरुषलाई राती नै पक्राउ गरि अनुसन्धान थालिएको बताए ।
आफ्नै नाबालिका छोरीमाथि बलात्कारको आरोप लगाएका ति पुरुषमाथि कानुनी कार्बाहीको महिला अधिकारकर्मीले अघि सारेका छन । समाजिक विकृतीको उपज नाबालिका, किशोरी, महिला आफ्नै घरबाट असुक्षित हुन थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।