कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर माविका विपन्न विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरिएको छ । भीमदत्त नगरपालिका १८ कटान स्थित महेन्द्रनगर माविका विपन्न, जेहेन्दार विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरिएको हो । आइतबार एक कार्यक्रमका विच विद्यालयले शैक्षिक समाग्री वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले विद्यार्थीलाई पठन पाठनमा राहत पु¥याउने उदेश्यले शैक्षिक समाग्री वितरण गरिएको बताए ।

अध्यक्ष बोक्सरका अनुसार पेसवान नामक संस्थाको सहयोगमा बाल विकासदेखि कक्षा ८सम्मका विद्यार्थीलाई शैक्षिक समाग्री झोला, टिफिनबक्स, किट्स सहितका समाग्री वितरण गरिएका छन । कार्यक्रमका प्रमुख अतिथि समाज कल्याण परिष्दका सदस्य सचिव मनोज कुमार भट्टले विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गर्दै शैक्षिक समाग्री जिवनोपयोग बनाउन आग्रह गरे । भीमदत्त नगरपालिका १८का वडाध्यक्ष रविन्द्र देवकोटाले वडाबाट समेत आगामी दिनमा विपन्न विद्यार्थीलाई सक्दो सहयोग गर्ने बताए । निःशुल्क शैक्षिक समाग्री पाएपछि विद्यार्थी हर्षित भएका छन ।







