कञ्चनपुर : दक्षिणी एसियाको (नेपाल–भारत) पश्चिम क्षेत्रका जंगल हात्ती, बाघ सहितका बन्यजन्तुको बासस्थान एव आवतजावत गर्ने परम्परागत स्थान हुन । कञ्चनपुर स्थित सीमावर्ती भारत र नेपालका जंगल ठुला जनावर हात्ती, बाघ सहितका दुलर्भ बन्यजन्तुको बासस्थान एव आवतजावत गर्ने परम्परागत स्थान भएपछि पछिल्ला दिनहरुमा मानव बस्ती विस्तारसंगै बन्यजन्तुको बासस्थान , आवतजावत गर्ने मार्ग अवरोध भएका छन । महाकाली नदीसंगै जोडिएको कञ्चनपुर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, लालझाडी मोहना संरक्षित क्षेत्र, चुरे वन, भारतको पिलिभित टायर संरक्षित क्षेत्र, दुधुवा नेशनल पार्कमा हात्ती, बाघ लगायतका ठुला तथा साना जनावरको बासस्थान र आवतजावत गर्ने स्थान अहिले नासिदै गएका हुन ।
नेपाल(कञ्चनपुर)मा झण्डै साढे पाँच दशकयता ०२२ सालपछि मानवबस्ती विस्तार हुँदै गएको र ०५८ सालतिर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारपछि थप मानविय बस्ती बाक्लिदै गएको अवस्थामा मानव र बन्यजन्तुविच द्वन्द्व बढिरहेको छ । ०७३ यता सात बर्षको अवधिमा हात्तीको आक्र्रमणमा परी १२ जनाको मृत्यु, दर्जनौँ, ११ जना घाईते, दर्जनौँ स्थानीयका घर टहरा भत्काईदिनुका साथै सयौँ विगाहको अन्नबाली नष्ट गरिदिएको र १ हात्तीको मानिसले खनेको खाडलमा परेर मृत्यु भएको छ । मुख्य गरेर कञ्चनपुरमा जंगली हात्तीले मानिसमाथि आक्र्रमण, चितुवाले पनि छुटफुट आक्र्रमण एव साना जनावरबाट अन्नबाली नष्ट गर्दै आएको छ । भारतीय सीमावर्ती दुधुवा नेशनल पार्क र पिलिभित टायगर संरक्षित वनसंगै जोडिएको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, लालझाडी मोहना संरक्षित क्षेत्र चुरे वन ठुला तथा साना बन्यजन्तुको बासस्थान एव आवतजावत गर्ने मुख्य कोरिडोर भएपनि ति वनहरुको एक आपसमा सिदा सम्पर्क (कनेक्टिभिटी) नभएकाले जंगली जनावर गाँउबस्ती छिर्दै मानिसमाथि आक्र्रमण एव भौतिक सम्पतीमा क्षति पु¥याउँदै आएको छ ।
भारतीय दुधुवा नेशनलपार्कदेखि लालझाडी मोहना सरक्षित वन प्रवेसका लागि पुनर्वास नगरपालिका १० र ११ मानव बस्ती भएकाले हात्तीले आफ्नो करिडोर क्षेत्रमा बाधा भएको महसुस गर्दै गाँउबस्तीमा प्रवेस गर्ने गरेका वनका अधिकारी बताउँछन । सव डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश कुमार यादवले हात्तीको कोरिडोर बासस्थानमा बाधा उत्पन्न भएपछि मानव र बन्यजन्तुविच द्वन्द्व बढिरहेको बताए । ‘दुधुवा नेशनल पार्कदेखि हाम्रो लालझाडी मोहना संरक्षित वनमा हात्ती प्रवेसका लागि विचमा मानव बस्ती छ, ‘उनले भने, ‘त्यही भएर हात्तीले आफ्नो करिडोर डिस्टर्ब मानेर मानवबस्तीमा जाँन्छ ।’मानव र बन्यजन्तुविचको द्वन्द्व न्यूनिकरणका लागि सरकारी तथा गैर सरकारी निकायबाट थुप्रै प्रयास भएको बताए । डिभिजन वन, निकुञ्ज सहित तराई भू परिधी कार्यक्रम, एनटिएनसीबाट थुप्रै संरक्षणका लागि प्रयास भएको बताए । ‘संरक्षणको क्षेत्रमा कार्यरत सरकारी एव गैर सरकारी निकायले वन, पर्यावरण, बन्यजन्तुको संरक्षणका साथै प्रभावित क्षेत्रका उपभोक्ता जनताको जिविकोपार्जनका लागि थुप्रै कार्यक्रम अघि बढाएको छ, ‘उनले भने, ‘यो संगै अब थप दिर्घकालिन योजना अघि सारेर मानवबन्यजन्तुविचको कार्यक्रम अघि बढाउनुपर्छ ।’
हात्तीको मुख्य कोरिडोर कञ्चनपुरको लालझाडी–मोहना सरक्षित वन, चुरे र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा तराई भूपरिधी कार्यक्रमले वन पर्यावरण, बन्यजन्तु संरक्षणका साथै मानव–वन्यजन्तु न्यूनिकरणका लागि थुप्रै प्रयास गरेको छ ।
लालझाडी गाँउपालिका १ बिनवारीमा रहेको सिद्धनाथ सामुदायिक वनमा तारबारका साथै बन्यजन्तुका लागि पोखरी निर्माण गरिएको छ । सिद्धनाथ सामुदायिक वनका अध्यक्ष राम सुन्दर रानाले तराई भूपरिधी कार्यक्रम(ताल) मार्फत सामुदायिक वनमा तारबार र बन्यजन्तुका लागि पोखरी निर्माण गरेपछि गाँउमा बन्यजन्तु नआएको बताए ।
‘वनभित्रै बन्यजन्तुका लागि नेपियर सहितका घाँस रोपिएका छन, ‘उनले भने, ‘आहारा नपाएपछि गाँउबस्ने जनावर आजभोली रोकिएका छन ।’ पुनर्वास नगरपालिका ११अमरबस्ती गंगा जमुना सामुदायिक वनका अध्यक्ष अस्तुनी चौधरीले सिमसार क्षेत्र रहेको वन संरक्षणका लागि समुदाय स्तरबाट समेत पहल भएपछि तालले तारजाली लगाउन सहयोग गरेको बताईन । ‘पहिलो यो क्षेत्र उडान भूमि थियो, ‘उनले भनिन, ‘अहिले १९हेक्टर जमिनमा तारबार गरेपनि वन पनि जोगिएको छ, बन्यजन्तु गाँउमा आएर अन्नबाली नष्ट गरिदिने समस्या टरेको छ ।’ पुनर्वास ११भीमबस्तीको अमरगोकुल सामुदायिक वनका उपभोक्ता मान बहादुर चौधरीले जगली हात्ती सहितका जनावरबाट अन्नबाली नष्ट गरिदिने समस्याबाट मुक्त भएको बताए । ‘तालले हामीलाई तालिम दिएर बन्यजन्तु प्रभावित क्षेत्रमा मेन्था र केमामाईल खेती गर्न सहयोग गरेपछि हामी खेती तर्फ आकर्षित भएका छौँ, ‘उनले भने, ‘अन्न खेती भन्दा मेन्था र केमामाईलबाट कमाई र बन्यजन्तुबाट सुरक्षित भएका छौँ ।’
कञ्चनपुरको उत्तरी चुरे क्षेत्र कृष्णपुर नगरपालिका २ र ४ सिस्ने सिमसार क्षेत्रमा समेत बन्यजन्तुका लागि घाँसे मैदान व्यवस्थापन गरिएको छ । समौजी सामुदायिक वनका अध्यक्ष हजारी सिह भाटले तालबाट आर्थिक सहयोग पाएपछि घाँसे मैदान व्यवस्थापन, बन्यजन्तुका लागि खानेपानी प्रबन्ध गरिएको बताए । ‘हामीले बनमारा रहेको क्षेत्रमा घाँसे मैदान व्यवस्थापन गरेका छौँ, ‘उनले भने, ‘शुरुवाती चरणमा १०हेक्टरमा घाँसे मैदान बनाएका छौँ ।’ बन्यजन्तुका लागि आहारा व्यवस्थापन गरेसंगै बन्यजन्तुको आगमन बढेको बताए । ‘केही बर्ष अघि हाम्रै वनमा हात्तीले बच्चा समेत जन्माएको थियो, ‘उनले भने, ‘पछिल्ला बर्षहरुमा बन्यजन्तु गाँउ पस्दैनन ।’ कृष्णपुर नगरपालिका १ दोमिल्ला स्थित ऐश्वर्या सामुदायिक वनका अध्यक्ष ईन्द्र बुढाले सामुदायिक वनमा तारबार एव अम्रेसो खेती गरेपछि बन्यजन्तु गाँउमा प्रवेस नगरेको बताए । ‘हामीले एकातिर अम्रेसो खोती गरेका छौँ, ‘उनले भने, ‘यो खेती गरेपछि बन्यजन्तु पनि गाँउ पस्दैनन, अर्कातिर कुचो बनाएर आर्यआर्जनतर्फ उपभोक्ता लागेका छन ।
शुक्लाफाँटा नगरपालिका ७ जुडाका स्थानीय किसान पुष्कर बहादुर सिहले सुनदेव उपभोक्ता समितिमार्फत बाख्रा पाल्नका लागि सुधारिएको खोर निर्माण गरेपछि व्यवसायिक बाख्रा पालनमा उन्मुख भएको बताए । ‘जंगलबाट चितुवा खाएर बाहिर भएका बाख्रा लगेर जान्थ्यो, ‘उनले भने, ‘खोर बनाएपछि सुरक्षित भएका छन ।’ शुक्लाफाँटा ६कसरौलकी स्थानीय किसान धना भट्टले बाख्रा पालनका लागि खोर निर्माण गरिएदिएपछि बन्यजन्तुबाट बाख्रा बचेको बताईन । सुनदेव उपभोक्ता समितिका सचिव दामोदर जोशीले बगरमा बृक्षारोपणका साथै मध्यवर्ती सामुदायिक क्षेत्रमा किसानलाई जिविकोपार्जनका लागि सहयोग पाएपछि बाख्रा पालनमा जुटेको बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसंगै भीमदत्त नगरपालिका १४ र १६मा बनकट्टीमा रानाथारु समुदायको जिविकोपार्जनका लागि रानाथारु होमेष्ट संचालन गरेका छन । रानाथारु होमेष्टका अध्यक्ष पर्शुराम थारुले होमेष्ट संचालनमा आएपछि आर्थिक गतिबिधी बढेको बताए । ‘हामीलाई समाग्री तालिमदेखि व्यवस्थापन तालिम दिएपछि होमेष्टे संचालनमा सहज भएको छ, ‘उनले भने, ‘विपन्न जनता आर्थिक गतिबिधीमा संलग्न छन ।’ सामुदायिक वन समन्वय समितिका अध्यक्ष शिवदत्त पन्तले तराईभूपरिधी कार्यक्रम मार्फत सिस्ने क्षेत्र व्यवस्थापनदेखि, विपन्नलाई आर्थिक उर्पाजनका कार्यक्रममा सहभागि गरेर जैविक विविधता संरक्षण गर्दै मानवबन्यजन्तुविच द्वन्द्व न्यूनिकरणका लागि प्रयास भएको बताए । वन्यजन्तुका लागि घाँसे मैदान व्यवस्थापन, लक्षित समुदायलाई जिविकोपार्जनका काममा सहभागि गराएको उनले बताए ।