कञ्चनपुर : मतदान गर्न दार्चुला सदरमुकाम महेन्द्रनगर देखि गाँउ ब्याँस गाउँपालिका गएका नरसिह विष्ट(नरेन्द्र)को हत्या गर्ने एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । दार्चुला प्रहरीले फेसबुक मार्फत नरेन्द्रका हत्यारा सार्वजनिक गरेको गरेपनि प्रहरीमाथि नै थप आशंकका उब्जाएको छ । स्थानीय पत्रकारले समेत दुई लिटर अवैध मदिरा बरामद हुँदा समेत दार्चुला प्रहरीले पत्रकार सम्मेलन गर्दै आए पनि यत्रो अपराधमा समाजिक सञ्जाल मार्फत मात्रै अभियुक्त सार्वजनिक विषयमा आशंका व्यक्त गरेका छन । नरसिहको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दिपक विष्टलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले नरसिहको हत्यामा दिपकलाई सार्वजनिक गरिएको बताए ।

तर स्थानीयले ३ मंसिरमा भोट हाल्नका लागि जिल्ला सदरमुकाम खलङगा देखि गाँउ गएका नरसिहको हत्यामा एक जनाको मात्रै संलग्नता नभएको र अरु धेरैको पनि हुनसक्ने बताईरहेका छन । मृतका आफन्त एव स्थानीयले नरसिहको हत्या गर्ने ‘एक जना मात्रै हुनै सक्दैन, घटनामा अरु पनि हुन, तर प्रहरी आलटाल गरिरहेको बताईरहेका छन । दार्चुला घटनाबारे प्रहरी गम्भिर नहुँदा नरसिहका थप हत्यारा पत्ता लाग्न नसकेको भन्दै स्थानीयले प्रहरीको भूमिकामाथि थप आशंका गर्दै आएका छन ।
सुन्सेरा घटनामा प्रश्नै-प्रश्न : १) प्रहरीले एकजना अभियुक्तलाई मंसिर १२ गते सार्वजनिक गरेको छ तर घटनाको कारण खुलाइएको छैन । रक्सी पिउदैमा, झगडा हुदैमा मान्छे मार्ने सम्मको घटना किन र कसरी भयो ? यसको विश्वसनीय कारण र आधार के हो ?
२) घटना भएको समय, स्थान र परिस्थिति हेरौं, मतदान हुनुभन्दा ८ /१० घण्टा अघिको समय छ, मौन अवधि चलिरहेको छ, केही मिनेटको अन्तरालमा मोटरसाइकल जलाइएको छ, २/३ स्थानमा सामुहिक रूपमा कुटपिट भएको छ, मोटरसाइकल जलिरहेको अवस्थामै सशस्त्र प्रहरीको टोली पुगेको छ, मौन अवधिमा अर्को वडाका व्यक्ति गाउमा घुमफिर गरिरहेका छन्, दुइपक्षबीच सामुहिक रूपमा झपडको अवस्था सम्भावित छ, ९ मोटरसाइकल चलाइएको र अर्को वडाको मान्छे घुमफिर भएको बारे एक पक्षले आपत्ति जनाएको र चेतावनी समेत दिएको छ। कार्तिक २० गते रातिदेखि दार्चुला जिल्लाभरी मदिरा सेवन र विक्रि वितरणमा प्रतिबन्ध छ तर मदिरा सेवकको कारण ज्यानमार्ने घटना भएको छ, सुन्सेरामा प्रहरी चौकी छ र चुनावका लागि घटना स्थल भन्दा केही सय मिटर नजिकमा सशस्त्र प्रहरीको टोली पनि छ, सुरक्षा कर्मीको यस्तो उपस्थितिमा पनि नजिकै ज्यानमार्ने घटना हुनुले सुरक्षा अवस्था र सुरक्षा प्रत्याभूतिमा प्रश्न उठ्छ कि उठ्दैन ?
३) मोटरसाइकल जलाइनुको सम्बन्ध यो घटनासंग छ कि छैन ? छ भने कसरी छ ? सम्बन्ध भए पनि नभए पनि, मोटरसाइकल किन जलाइयो ? कसले जलाइयो ? यसको उत्तर के हो ?
४) घटनास्थलबाट लास ढिलो उठाइयो, पिडित र स्थानीयको आक्रोस आफ्नो ठाउँमा स्वाभाविक होला तर घटनास्थलको अवस्थिति, प्रकृति, सुरक्षा, अनुसन्धान कति प्रभावकारी रूपमा भयो ? अभियुक्त भनिएका एकजनाले नै मार्ने र लासलाई घिसार्दै लुकाउनेसम्मको कार्य गरेका हुन् ?
५) मृतकको अनुहार र शरीरमा आगोले जलेका केही घाउ रहेका थिए, यसबारे प्रहरीको अनुसन्धान के भन्छ ? घटनाको प्रकृति र विवरण अनुसार कसरी ज्यान गएको हो ? चक्कु वा हतियारको प्रयोग, ढुंगा , लाठी र मुक्का प्रहार, आगजनी घटनास्थलको अवस्था, प्रकृति, अनुसन्धानको क्रममा लिइएका बयानहरू, पोष्टमार्टम रिपोर्ट र पीडित परिवारको भनाइ आदिमा तालमेल छ कि छैन ?
६) मृतकसंग १२ लाख रूपैयाँ नगद रहेको पाटो पनि छ । यसबारे प्रहरीको अनुसन्धान के भन्छ ? किन र कस्को रकम हो ? घटनासंग पैसाको सम्बन्ध छ कि छैन ?
७) घटना भएको एक हप्तापछि मात्रै लास घटनास्थलबाट उठेको छ र त्यसपछि मात्रै प्रारम्भिक अनुसन्धान सार्वजनिक भएको छ । घटनाको प्रारम्भिक अनुसन्धान सार्वजनिक गर्दा विश्वसनीय ढंगले प्रहरी प्रस्तुत किन हुन सकेन ? विगतमा २ र ४ लिटर कच्ची रक्सी समातिदा पनि पत्रकार सम्मेलन गर्ने दार्चुला प्रहरीले हत्या अभियोगको यस्तो गम्भीर मुद्दामा किन पत्रकार सम्मेलन गर्न सकेन ?
८) दिलिपसिह बुढाथोकीको सचिवालयले यस घटनामा केही वर्तमान जनप्रतिनिधिको संलग्नता रहेको आरोप सार्वजनिक गरेको छ । आफू प्रहरीको अनुसन्धानमा रहेका व्यक्तिले यस्तो गम्भीर आरोप लगाउनु सामान्य कुरा हो ? यो आरोप वास्तविक हो कि होइन रु प्रहरीको अनुसन्धानमा रहेको व्यक्तिले सामाजिक सञ्जालबाट अन्य पात्रहरूलाई संलग्नताको आरोप लगाउने तर प्रहरी यसबारे मौन बस्ने अवस्था कति उपयुक्त हो ?
९) एक वर्षअघि सुन्सेराको डोकटमा स्थानीय एकजनाको शंकास्पद हत्या घटना भएको स्थानीय बताउँछन् । त्यतिबेला केही स्थानीय टाठाबाठाहरू, पीडित परिवार र प्रहरीको मिलेमतोमा उक्त घटना मिलाइएको स्थानीयवासी बताउँछन् । अहिलेको यो घटना गतवर्षको घटनाको प्रतिसोध हो वा पुनरावृति हो रु गतवर्षको घटनाको पनि अनुसन्धान गर्नुपर्छ र वास्तविकता उजागर गर्नुपर्छ । आपराधिक घटनालाई निरूत्साहित गर्न पनि दुबै घटनाको गहन अनुसन्धान गरि कानुनी कारवाहीको दायरामा ल्याउन सक्नुपर्छ ।

